एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नदिने सरकारको निर्णय



काठमाडौं । सरकारले बागलुङ, कैलाली र कञ्चनपुरमा कोरोना भाइरसको र्यापिड टेष्ट गर्ने भएको छ । शनिबार बसेको मन्त्रिपरिषदको बैठकले तीन जिल्लामा परीक्षण बढाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।

ती जिल्लामा ठूलो संख्यामा कोरोना भाइरसको नमूना परीक्षण गर्ने र शंका लागेकालाई पिसिआर प्रविधिबाट पुनः परीक्षण गर्ने बैठकले निर्णय गरेको छ । त्यस्तै बैठकले लकडाउनमा थप कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नदिने निर्णय समेत गरेको छ ।

त्यसैगरी स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन प्रोत्साहन भत्ताको व्यवस्था गरिनुको साथै स्वास्थ्य सुरक्षाका उपकरणहरु यथासम्भव छिटो उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ । उपचारको क्रममा स्वास्थ्यकर्मी माथि बाधा उत्पन्न गराउने तथा स्वास्थ्यकर्मीको सुरक्षामा आँच पुर्याउने काम भए त्यस्ता व्यक्तिलाई कारवाही गरी स्वास्थ्यकर्मीको सुरक्षाको उचित व्यवस्था मिलाउने निर्णय बैठकल गरेको छ ।

त्यसैगरी, बैठकले सजाय निर्धारण गर्ने समितिमा बाहिरका विज्ञ व्यक्ति राख्ने व्यवस्था अनुसार सरकारले रवीन्द्र भट्टराई र कुन्साङ लामालाई नियुक्त गर्ने गरेको छ । अपराध पिडित संरक्षण समितिमा विज्ञ रहने गरी डाक्टर शंकर कुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रविधिमैत्री बन्दै नेपाली खेलकुद : सातदोबाटोमा ‘नेशनल हाई पर्फमेन्स सेन्टर’ उद्घाटन(फोटोफिचर)

काठमाडौं । नेपाली खेलकुदलाई प्रविधिमैत्री बनाउने उद्देश्यले स्थापित ‘नेशनल हाई पर्फमेन्स सेन्टर’ औपचारिक

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला स्थित त्रिशूली नदी किनारमा बिहीबार एक पुरुषको

उपल्लो मुस्ताङमा बाढीले क्षति पुर्याएको कुलो तथा सडकलगायतका संरचना मर्मत सुरु

मुस्ताङ  । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले गत मगलबार साँझको भीषण बाढीले क्षति पुर्याएको

सात महिनापछि बालेनले बोलाए कार्यपालिका बैठक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सात महिनापछि कार्यपालिका बैठक बोलाएका छन्