चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीलाई अख्तियारको पत्र



काठमाडौं । झापाको प्रस्तावित विएण्डसी मेडिकल कलेजलाई सम्वधन दिन २० करोड रुपैया घुस मागेको आरोप लागेका चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक अनुसन्धानका लागि पत्र काटेको छ । अख्तियार सम्वद्ध उच्च स्रोतबाट प्राप्त जानकारी अनुसार गत माघ १९ गते दर्ता भएको उजुरीका आधारमा आयोगको मुद्धा शाखाबाट चलानी नम्वर १४१८७ को पत्र उपाध्यक्ष डा. गिरीलाई पठाई अनुसन्धान अघि बढाईएको छ ।

श्रीकृष्ण गिरी तत्कालीन न्याम्सका शिक्षाध्यक्ष (रेक्टर) जिम्मेवारी सम्हाल्दा गिरीले विद्यार्थीका लागि आएको करिब एक लाख अमेरिकी डलरको छात्रवृत्तिमा आफैं ‘विद्यार्थी’ बनेर विदेश सयर गरी भ्रष्टाचार गरेको विषयमा बिबादित रहदै आएका छन् । सो संवन्धमावीर अस्पतालका डा.जेनेन्द्र चौधरीले दिएको निवेदन उपर कारवाही गर्ने क्रममा अख्तियारले डा. गिरीलाई पत्र काटेको हो । यसैसँग २० कारोड घुस मागेको र अयोग्यता सम्बन्धी विषयहरु पनि समावेश गरी अख्तियारले एकमुष्ट अनुसन्धान सुरु गरेको बुझिएको छ ।

स्मरणीय छ, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट पाँचजना विद्यार्थीलाई विदेशमा तालिम दिन आएको उक्त रकमबाट तत्कालीन न्याम्सका शिक्षाध्यक्ष (रेक्टर) डा. गिरी एक्लै अस्ट्रेलिया, श्रीलंका, स्विटजरल्यान्ड र अस्ट्रिया घुमेर आएका थिए । यस विरुद्ध वीर अस्पतालका डा. चौधरीले अख्तियारमा उजुरी दिएका थिए । आफूसंग गएको मंसिरमा द्धारिका होटलमा बोलाएर आफ्नो प्रस्तावित विएण्डसी मेडिकल कलेजलाई सम्वन्धन दिन २० करोड घुस मागेको विएण्डसीका सञ्चालक दुर्गा प्रसाईले पत्रकार सम्मेलन नै गरेर आरोप लगाएका थिए । त्यस लगतै उनले आयोग उपाध्यक्ष डा. गिरी विरुद्ध अख्तियार र सम्पत्ति शुद्धिकरण विभागमा भ्रष्टाचारको उजुरी पनि गरेका थिए ।

डा. गिरी विरुद्ध परेका सबै उजुरीलाई एकसाथ जम्मा गरेर छानबिन र अनुसन्धान अगाडि बढाएको अख्तियार स्रोतबाट थाहा भएको छ । उपाध्यक्ष डा. गिरी उपर अख्तियारमा विद्यार्थीको छात्रवृत्ति रकम दुरुपयोग गरेको, योग्यता नपुगे पनि नक्कली कागजात खडा गरी कीर्ते गरेको, बीस करोड घुस मागेको,नर्सिङ कलेजलाई सम्बन्धन दिने क्रममा अनियमितता गरेको लगायतका आरोपमा उजुरीहरु परेका छन् ।

समाचार स्रोतका अनुसार सार्वजनिक पदमा रहेका हुनाले उपाध्यक्ष डा. गिरीलाई निलम्वन गरी थप अनुसन्धान गर्ने तयारी रहेको बुझिएको छ । वर्तमान शिक्षामन्त्री गिरीराजमणी पोखरेलद्धारा पहिलो पटक गठन भएको अधिकार सम्पन्न चिकित्सा शिक्षा आयोगमा उनको नियुक्ति भएको थियो । तर चिकित्सा ऐनले निर्धारण गरेको मापदण्ड नपुगेको भन्दै उनको नियक्तिप्रति सुरुदेखि नै विरोध हँुदै आएको छ । झन् घुस प्रकरणमा जोडिएपछि उनी थप बिबादित बन्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मोटरसाइकल दुर्घटना हुँदा दाङमा दुई जनाको मृत्यु

देउखुरी । दाङको घोराही–रामपुर सडकखण्डअन्तर्गत सिस्ने खोलामा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई

बबई नदीमा डुबेर बेपत्ता दुई जनाको शव फेला

दाङ । दाङको बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता भएका दुवै

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली

सरकारले बीमा प्राधिकरणका अध्यक्ष ओझामाथि छानबिन गर्न बनायो तीन सदस्यीय समिति

काठमाडौँ । सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति गठन