स्वास्थ्य सामग्री खरिद प्रक्रिया सहज बनाइदिन मुख्यमन्त्रीहरुको माग



काठमाडौं । प्रदेशका मुख्यमन्त्रीहरूले स्वास्थ्य सामग्री खरिद प्रक्रिया जटिल रहेको भन्दै सहज बनाइदिन माग गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजनमा बसेको बैठकमा मुख्यमन्त्रीहरूले कोरोना भाइरसको रोकथामका लागि प्रदेश सरकार तयारी अवस्थामाा रहेको भन्दै स्वास्थ्य सामग्री खरिद प्रक्रिया सहज बनाउन माग गरेका हुन् ।

अर्थमन्त्री एवं सरकारका प्रवक्ता युवराज खतिवडाले बैठकमा मुख्यमन्त्रीहरूले स्वास्थ सामग्री खरिद प्रकिया प्रदेश सरकारले खरिद गर्दा प्रक्रिया जटिल रहेकाले सहज बनाईदिन आग्रह गरेको जानकारी दिए । अहिलेसम्म स्वास्थ्य सामग्रीको अभाव नभएपनि पूर्वतयारीका रूपमा स्वास्थ्य सामग्रीहरू हुनुपर्नेमा मुख्य मन्त्रीहरूले जोड दिएका छन् ।

स्वास्थ्यकर्मीहरूको बीमादेखि सामाजिक सुरक्षाका कुराहरू पनि व्यवस्थित गर्न उनीहरूले आग्रह गरेका प्रवक्ता खतिवडाले जानकारी दिए । सीमा नाका तथा विमानस्थलमा कडा जाँच गर्ने व्यवस्था गरिनुपर्ने उनीहरूको माग छ । प्रवक्ता खतिवडाले कोरोना रोकथामका लागि प्रदेश सरकारले गर्नुपर्ने काम र देखिएका समस्याका बारेमा जानकारी लिन छलफलको आयोजना गरिएको जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण रोक्नका लागि प्रवेश रोक्ने, नागरिक सचेतना बढाउने, निगरानी र क्वारेन्टाइनको व्यवस्था गर्ने, बिरामीको उपचार तथा व्यवस्थापन प्रभावकारी तुल्याउनेसहितका निर्णय गरेको उच्चस्तरीय समितिले संघ, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक रुपमा काम गर्ने तयारी स्वरुप बैठक गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नक्कली नोट र अफिम कारोबार गर्ने गिरोह पक्राउ

नेपालगञ्ज । भारतबाट चोरी गरेर ल्याएको १५ तोला २५ लाल सुनका गरगहना र

विपी राजमार्गमा साँझ ५ बजेदखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक

काभ्रे । विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी साउन १ गतेदेखि रातिको समयमा १२ घण्टा

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटाएको छ ।

कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा

गुल्मी । आइतबार बिहानदेखि अवरुद्ध गुल्मीको कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा आएको