नीतिमा संघीयता र नियतमा केन्द्रीयताले समस्या जन्मायो : मुख्यमन्त्री राउत



जनकपुरधाम । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले नीतिमा संघीयता रहेपनि कार्यान्वयन गर्ने संघीय सरकार र उच्च कर्मचारीतन्त्रका नियत केन्द्रीयता नै रहेकोले समस्या जन्माएको बताएका छन् ।

नेपाल नगरपालिका संघले मंगलबार जनकपुरमा आयोजना गरेको संविधान प्रदत संघ प्रदेश र स्थानीय तहको एकल तथा साझा अधिकार अन्तर्गत प्रयोगमा आएका नीति गत समस्या र चुनौती बारे अन्तर सरकार सम्बाद कार्यक्रममा मुख्यमन्त्री राउतले सो कुरा बताएका हुन् ।

उनले संविधानमा सुनिश्चित गरिसकेको प्रदेश र स्थानीय तहको अधिकारलाई समेत संघीय सरकारले संविधान विपरितका ऐनहरु निर्माण गरेर संविधान प्रदत अधिकारलाई कुण्ठित गर्दै संघीयतालाई मास्ने षडयन्त्र गरेको आरोप लगाए ।

संघीयता समाप्त हुने र फेरि आफूहरुको रजाई हुने मानसिकता बोकेका उच्च कर्मचारीहरुले संविधान कार्यान्वयमा विभिन्न बखेडा झिकिरहेको उल्लेख गर्दै उनले भने,‘ संघीयता समाप्त हुन्छ भन्ने दिवास्वप्न नदेखे हुन्छ । संघीयता ल्याउने मधेशी जनता र प्रदेश २ को सरकार संघीयतालाई स्थापित गर्न जुन सुकै मुल्य चुकाउन तयार छ ।’

मुख्यमन्त्री राउतले बजेटको असमान बाँडफाँटले संघीयता कार्यान्वयनमै समस्या उत्पन्न गरेकाले अब स्थानीय तहलाई ३० प्रतिशत , प्रदेशलाई ३० प्रतिशत र संघलाई ४० प्रतिशत बजेटको बाँडफाँट गराउन प्रदेश र स्थानीय तहलाई एक जुट भई अवाज उठाउनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन २५ प्रतिशतले वृद्धि

गण्डकी । पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा आर्थक वर्ष २०८०/८१ को तुलनामा गत

जोमसोमदेखि धार्काजुङसम्म आठ किलोमिटर लामो साइकल ट्रेल निर्माण

मुस्ताङ। मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल निर्माण गरिएको छ। पर्यटन

चितवनमा ट्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर । चितवनमा ट्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । रत्ननगर

सुरुमा गति लिएपनि अहिले सरकार बरालियोः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस–एमालेको सरकारले सुरुका दिनमा शुभ संकेत