नेपाली सेनाद्वारा २०८१ वैशाखसम्म फास्ट ट्रयाक निर्माण सम्पन्न गर्ने गरी कार्ययोजना तयार



काठमाडौं । नेपाली सेनाले विस २०८१ वैशाखसम्म फास्ट ट्रयाक निर्माण सम्पन्न गर्ने गरी कार्ययोजना बनाएको छ । सेनाले सोमबार पत्रकार सम्मेलन गरी त्यसका लागि समय तोकेरै फास्ट ट्रयाक निर्माणको कामको तालिका सार्वजनिक गरेको हो ।

जटिल मानिएको ठूला पुल निर्माणको कामलाई २०७७ पुसमा सुरू गरेर २०८० को मंसिरमा सम्पन्न गर्ने सेनाले जनाएको छ । त्यहाँ त्यस्ता पुल १६ वटा हुनेछन् । साना ठूला अन्य पुलहरू २०७७ को भदौमा सुरू गरेर २०८० को पुसमा सक्ने सेनाको लक्ष्य छ।

यस्ता पुलहरू ७१ वटा छन् । जटिल मानिएको ठूला पुल निर्माणको कामलाई २०७७ पुसमा सुरू गरेर २०८० को मंसिरमा सम्पन्न गर्ने सेनाले जनाएको छ । फास्ट ट्रयाकमा तीन ठाउँमा सुरूङ हुनेछ । सुरूङको लम्बाई ६.४ किलोमिटर रहनेछ । सुरूङको काम सकिएलगत्तै फास्ट ट्रयाक निर्माणको काम पनि सकिने सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन, दैनिक १८ घण्टासम्म विद्युत् उत्पादन

काठमाडौं । मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका छन्

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणले थाल्यो पहल

काठमाडौं।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल थालिएको छ । उक्त विमानस्थललाई सञ्चालनार्थ

बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या

चितवन । नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

  काठमाडौँ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि