सिद्धबाबालाई थप सात दिन थुनामा राख्न अदालतको अनुमति



विराटनगर । आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई अदालतले ७ दिन म्याद थप गरेको छ ।

अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले म्याद थपको माग गर्दै शुक्रबार उनलाई जिल्ला अदालत उपस्थित गराएकोमा अदालतले ७ दिन म्याद थप गरेको हो ।

यसअघि प्रहरीले ४ दिनको म्याद थप गराइ अनुसन्धान गरेको थियो । आफ्नै अनुयायीमाथि बलात्कार गरेको उजुरीपछि प्रहरीले उनलाई मंसिर १६ गते विराट नर्सिङ होमको आईसीयूबाटै पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकीकृत समाजवादीको ‘समाजवादी अभियान’ सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सुशासन, रोजगारीलगायत विषय केन्द्रित देशव्यापी

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब नौ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा एक खर्ब ९

इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

इनरुवा । सुनसकारीको इटहरी उपमहानगरपालिका–१२ मा शनिबार बिहान मोटसाइकल दुर्घटना हुँदा एक जनाको

प्रधानन्यायाधीशद्वारा उपभोक्ता अदालत उद्घाटन, कसरी गर्छ यसले काम ?

  काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उपभोक्ता अदालत उद्घाटन गरेका छन् । उपभोक्ता