कसैलाई नेपालको भूमि एक इन्च पनि भूमि मिच्न दिइँदैनः झलनाथ खनाल



इलाम । सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनथा खनालले राष्ट्रियताका सवालमा सबै दल एकजुट हुनुपर्ने बताएका छन् । इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको प्रथम सूर्योदय नगर पर्यटन महोत्सवको समापन कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै खनालले कसैलाई नेपालको भूमि एक इन्च पनि मिच्न नदिइने बताए ।

उनले मिचिएको भूमि फर्काउन सरकार लाग्नुपर्नेमा जोड दिए । सरकारको मात्र प्रयासले सम्भव नभए देशका सबै दल एकजुट भएर भए पनि दबाब दिनुपर्ने उनको भनाइ थियो ।

उनले लिम्पीयाधुरा, लिपुलेक, सुस्ता जस्ता स्थान नेपालको हो भन्नेमा सबै राजनीतिक दलको एकै आवाज रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक शाक्यले गरे पदभार ग्रहण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका

कुलमान निकाल्ने कदमबाट देशमा केही गरौं भन्ने नागरिक निरुत्साहितः रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले

उपेन्द्र यादव नगएपछि भूमिसम्बन्धी अध्यादेशमा राजनीतिक सहमति जुटाउने प्रधानमन्त्रीको प्रयास असफल

काठमाडौँ । सत्तापक्षीय दलहरुले संसदमा विचारधीन विधेयकलाई यथाशीघ्र टुङ्गोमा पुर्याउने निर्णय गरेका छन्

कुलमानमाथि गरिएको अन्यायपूर्ण र अपमानजनक निर्णय तत्काल फिर्ता लिन माओवादीको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने