सात जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस



काठमाडौं । न्याय परिषद्का बैठकले रिक्त सात जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष चोलेन्द्रशम्शेर जबराको अध्यक्षतामा बसेको बैठकले न्यायसेवामा कार्यरत कर्मचारीबाट सात जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

न्याय सेवाका कार्यरत उपसचिवमध्ये २० प्रतिशत कर्मचारीबाट जिल्ला न्यायाधीशमा नियुक्त गर्न सकिने व्यवस्थाअनुसार परिषद्ले उपसचिवहरु गेहेन्द्रराज पन्त, विद्याराज पौडेल, महेन्द्रराज काफ्ले, टेकराज जोशी, इन्दिरा शर्मा, मनकुमारी जिएम विक र रीताकुमारी बख्रेललाई जिल्ला न्यायाधीशमा सिफारिस गर्दै नियुक्तिका लागि सिफारिस गरेको हो ।

प्रधानन्यायाधीश जबराले नियुक्तिका लागि सिफारिस भएका न्यायाधीशको मंगलबारै नियुक्ति गरी पदस्थापना भएको छ । न्यायाधीश पन्तलाई भोजपुर जिल्ला अदालत, न्यायाधीश पौडेललाई रुकुम जिल्ला अदालत, न्यायाधीश काफ्लेलाई सोलुखुम्बु जिल्ला अदालत, न्यायाधीश जोशीलाई डोल्पा जिल्ला अदालत, न्यायाधीश शर्मालाई झापा जिल्ला अदालत, न्यायाधीश विकलाई बाँके जिल्ला अदालत र न्यायाधीश बख्रेललाई सप्तरी जिल्ला अदालतमा पदस्थापन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन, दैनिक १८ घण्टासम्म विद्युत् उत्पादन

काठमाडौं । मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका छन्

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणले थाल्यो पहल

काठमाडौं।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल थालिएको छ । उक्त विमानस्थललाई सञ्चालनार्थ

बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या

चितवन । नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

  काठमाडौँ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि