सिंहदरबारमा दिगो विकास स्रोत केन्द्र स्थापना



काठमाडौं । राष्ट्रियसभा अन्तर्गत दिगो विकास तथा सुशासन समितिले सिंहदरबार भित्र ‘दिगो विकास स्रोत केन्द्र’ को स्थापना गरेको छ । दिगो विकास केन्द्रको आईतबार राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उद्घाटन गरे ।

दिगो विकास केन्द्रको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले तीनै तहका सरकारबीच एकीकृत योजना नबनेसम्म दिगो विकासका लक्ष्य हासिल गर्न कठिन हुने बताए ।

स्थानीय तहमा धेरै बजेट गएको अवस्थामा दिगो विकासको लक्ष्य प्राप्तीका लागि सबै स्थानियतहमा युनिट श्रृजना गरि त्यहाँका विकास योजनालाई दिगो विकासको लक्ष्यसंग केन्द्रीत गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

उनले संघीय संसदमा समिति अन्तर्गत रहेको दिगो विकास श्रोत केन्द्रले दिगो विकासका लक्ष्य प्राप्तीका लागि भईरहेका कार्यको जानकारी गराउनुको साथै स्रोतहरुको एकीकरण तथा आवश्यक परामर्शका लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।

समिति सभापति तारादेवी भट्टले सरकारले अख्तियार गरेको सन्तुलित दिगो विकास तथा सुशासन प्रवद्र्धन गर्ने सन्र्दभमा श्रोत केन्द्रले ठुलो योगदान पुर्याउने बताइन् ।

दिगो विकास लक्ष्य हासिलका लागि सरकारलाई सहयोग पुर्याउने उद्देश्य साथ स्थापना गरिएको दिगो विकास स्रोत केन्द्र (एसडीजी रिसोर्स कर्नर) मा दिगो विकासका १७ वटा क्षेत्रहरुलाई समेट्ने गरि इन्फोग्राफिक्सको माध्यमबाट तथ्याङ्क राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तीन महिनापछि भोजपुरमा उडान सुरु

भोजपुर ।  बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका–१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु

डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा राखेको भन्दै विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुखमाथि आक्रमण

चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि आक्रमण भएको

‘लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय गरेपछि

हेटौंडा सिमेन्ट उद्योगको मेसिन मर्मत पुरा, चैत तेस्रो सातादेखि पुनःउत्पादन थाल्दै

बागमती ।  लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले यही चैतको तेस्रो सातादेखि