नेपाली कांग्रेसको चियापानः सहमति र एकतामा दलका शीर्ष नेताको जोड



काठमाडौं । नेपाली कांग्रेसले दशैं, तिहार, छठ तथा नेपाल सम्बत्का अवसरमा आइतबार चियापान कार्यक्रम आयोजना गरेको छ । चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रप्रतिको मूल्य र मान्यतामा तलमाथी पर्न नदिने बताएका छन् ।

प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल ४५ बर्ष देखिका आफ्ना साथी भएको स्मरण गर्दै आफ्नो लोकतन्त्रप्रतिको निष्ठा उहाँहरुलाई राम्ररी जानकारी भएको बताए । “शेरबहादुर देउवा,रामचन्द्र पौडेल मेरा ४५ बर्ष देखिका साथी हुनुहुन्छ । उहाँहरुलाई लोकतन्त्रप्रतिको मेरो निष्ठा राम्रैसँग थाहा छ । त्यो निष्ठालाई म तलमाथी हुन दिन्न ” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले दशैं लगायतका चाडवाडले नेपालीको संस्कृतिलाई जीवन्त राख्ने मात्र नभइ आपसी सम्बन्धलाई पनि बलियो बनाउने बताए । “यस प्रकारका चाड र शुभकामनाका कार्यक्रमले राजनीतिक दलहरु बीचको कटुतालाई पनि अन्त्य गर्छन् ” प्रधानमन्त्रीले भने, “तर अहिले त हामीमा कटुता हैन मित्रता छ । यस कार्यक्रमले हाम्रो मित्रतालाई थप बलियो बनाएको महसुस मैले गरेको छु । ”

काङ्ग्रेसको कार्यक्रममा आउँदा सहयात्रीकै बीचमा आएको महसुस हुन्छः प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काङ्ग्रेसको कार्यक्रममा आउँदा सहयात्रीकै बीचमा आएको महसुस हुने गरेको बताए । काङ्ग्रेसलाई आफूले नेपालको परिवर्तनको सहयात्री दलका रुपमा लिएको उनले बताए ।

उनले भने, “हेर्दै जाउँ आउने दिनमा राजनीतिले कसरी कोल्टो फेर्दै जान्छ, मलाई विश्वास छ, हाम्रो सहयात्रा जारी रहनेछ । हाम्रो एकता र शान्तिप्रतिको सङ्कल्प जारी रहनेछ ।”

चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको सुरुवात काङ्ग्रेसबाटै भएको उल्लेख गर्दै उनले अहिले यो एउटा राष्ट्रिय राजनीतिक संस्कृति जस्तै गरी स्थापित भएको बताए । “अहिले सबैले शुभकामना आदानप्रदान कार्यक्रम हाम्रो ऐतिहासिकता, संस्कृति र राजनीतिक सहकार्यको चरित्रलाई अक्षुण राख्ने माध्यम बन्न गएको छ”, अध्यक्ष प्रचण्डले भने । राजनीतिमा असम्भव भन्ने कुरा केही नभएको उनको भनाइ थियो ।

“असम्भव देखिने कुरा पनि राजनीतिक पार्टी र नेतृत्वको सहकार्यद्वारा सम्भव बनाउने कुराको ठूलो दृष्टान्त पछिल्लो चरणमा काङ्ग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइराला र मेरोबीचमा हस्ताक्षर भएको शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा सहकार्यको सहयात्राले प्रमाणित गरेको छ ।”

शीर्ष राजनीतिक भेटघाटले समस्या समाधानमा सहज हुन्छः सभापति देउवा
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले चियापनजस्ता कार्यक्रममा हुने शीर्ष राजनीतिक भेटघाटले मुलुकका ठूला समस्यालाई वार्ता, छलफल र सहमतिद्वारा समाधान गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

काङ्ग्रेसले आइतबार कोजाग्रत पूर्णिमाको अवसर पारेर आयोजना गरेको चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रममा सभापति यस्ता भेटघाटले राजनीतिक रुपमा जतिसुकै मतभेद भएता पनि भेटघाट गर्ने शुभकामना आदानप्रदान गर्ने संस्कृत विकास भएको बताए ।

सञ्चाकर्मीको जिज्ञासामा सभापति देउवाले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्ध अझ घनिष्ठ भएको बताउँदै राष्ट्रपति सीसँगको आफ्नो भेटमा काङ्ग्रेसले सदैव एक चीन नीति स्वीकार गरेको तथा चीनको खिलापमा नेपालको भूमि प्रयोग हुन नदिने विषयमा नेपाल प्रतिबद्ध रहेको आफूले सुनाएको उल्लेख गरे ।

भेटमा नेपालको विकासमा चीनले प्रदान गरेको सहयोगको प्रशंसा गर्दै निरन्तरताको अपेक्षा गरेको सुनाउँदै सभापति देउवाले राष्ट्रपति सीले आफूलाई चीन भ्रमणको निमन्त्रणा गरेको र समय मिलाएर चीन भ्रमणमा जाने उल्लेख गरे ।

विसं २०३३ मा काङ्ग्रेस संस्थापक एवम् जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशकमा भट्ट नियुक्त

काठमाडौँ । सरकारले राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशकमा दिनेश भट्टलाई

प्रहरी महानिरीक्षक कुँवरको बिदाइ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई

आगलागीबाट भोजपुरमा आठ जलेर नष्ट

भोजपुर । सामुदायिक वनमा लागेको डढेलो बस्तीमा प्रवेश गर्दा  भोजपुर नगरपालिका–१२, पारपानीका आठ

दीपक थापा नेपाल प्रहरीको ३१ औं आईजीपी नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३१ औँ प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त भएका छन्