प्रधानमन्त्रीको गुनासोः सानो बनायो भने बाख्राको खोर हो भनेर आलोचना गर्छन् के गर्नु ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश लगातार प्रगति र विकासको गतिमा अगाडि बढ्दै गएको बताएका छन् ।

बिहीबार बालुवाटारस्थित प्रधानमन्त्री निवास भवनको शिलान्यासपछि आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारबाट केही पनि भएन र सरकारले केही पनि गरेन भनेर कराउनेलाई व्यवहारबाट जवाफ मिल्दै जाने बताए ।

संसद् भवनलगायत अन्य आवाससमेत निर्माण गर्दै र विभिन्न स्थानमा बाटोको शिलान्यास तथा उद्घाटनसँगै आयोजना सम्पन्न हुँदै जाने दृढता व्यक्त गर्दै प्रधानमन्त्रीले भने,“काम सम्पन्न भएर देश अगाडि बढेको कुराले तस्वीर आफैँ बोल्छ भने झैँ परिणाम आफैँ बोल्छ, व्यवहारबाट जवाफ मिल्छ, त्यस कारण हामीले धेरै कुरा बोलिरहनु पर्दैन ।”

बुधबार सांसद भवन शिलान्यास गरेर महत्वपूर्ण पाइला अगाडि बढाएको उल्लेख गर्दै उनले प्रधानमन्त्री निवासको भवन आफ्ना लागि बन्न लागेको भनेर नबुझ्न आग्रह गरे । उनले आलोचना गर्न बानी परेकाले जस्तो काम गरे पनि आलोचना गर्न नछाड्नेसमेत जिकिर गरे ।

प्रधानमन्त्रीले नकारात्मक टिप्पणी गर्नेलाई आफ्नो पाना पल्टाएर हेर्दा पनि अप्ठ्यारो नलाग्ने गरी आलोचना गर्न सुझाव दिए । “कतिपय सञ्चारमाध्यममा देखेँ, संसद् भवन किन बनाउन लागेको यत्रो खर्च लगाएर भनेर, संसद् भवन पनि चाहिने, सित्तैमा पनि हुनुपर्ने कसरी होला ?” प्रधानमन्त्रीको प्रतिप्रश्न गरे ।

“आलोचना गर्ने बानी लागेकाबाट भवन कम खर्चमा बनायो भने सस्तोमा बनाएको भनेर आलोचना हुन्थ्यो, सानो बनायो भने बाख्राको खोर हो ? भनेर आलोचना हुन्थ्यो, अलि मजबुद बनायो भने यत्रो ठूलो किन चाहियो भन्ने हुन्थ्यो, नबनाए गफ मात्रै गर्छ भन्थे”, प्रधानमन्त्रीले भने ।

देशको सर्वाेच्च जनप्रतिनिधि संस्था, स्वतन्त्रताको प्रयोग गर्ने थलो, नीति निर्माण गर्ने संस्था स्वतन्त्र ढङ्गले कसैको दायित्व र दबाव नलिइ प्रभावबाट मुक्त राख्न आफ्नै खर्चले बनाउन लागेको भन्दै उनले संसद् भवन सताब्दीका लागि बन्ने उल्लेख गरे ।

प्रधानमन्त्री निवास भवन निर्माण सम्पन्न हुँदा नहुँदै आफ्नोे कार्यकाल सकिने उल्लेख गर्दै उनले आफू ४१औँ प्रधानमन्त्री भएको र भवन आगामी २४१औँ प्रधानमन्त्री आउँदा पनि बस्न सक्ने गरी बन्न लागेको बताए ।

उनले यसअघि पटकपटक गरेर बनेको प्रधानमन्त्री निवास निरङ्कुश राजतन्त्रले कमसल खालको बनाएको उल्लेख गर्दै भूकम्पले क्षति पुर्याउँदासमेत त्यसैमा बसिरहेको र अब बन्ने भवन वर्तमान समयको आवश्यकतालाई ध्यानमा राखेर निर्माण हुने बताए ।

प्रधानमन्त्रीले वर्तमान समयमा देशको शासन, प्रशासन तथा विकास निर्माणका कामको विचार, विमर्श परामर्श या कूटनीतिक सम्बन्धलाई प्रभावकारी र सफलतापूर्वक अगाडि लैजानका लागि र आधुनिक विज्ञान प्रविधिको प्रयोग गर्ने खालको भवनको डिजाइन तयार भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन, दैनिक १८ घण्टासम्म विद्युत् उत्पादन

काठमाडौं । मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका छन्

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणले थाल्यो पहल

काठमाडौं।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल थालिएको छ । उक्त विमानस्थललाई सञ्चालनार्थ

बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या

चितवन । नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

  काठमाडौँ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि