भाउजु हत्याका आरोपी ११ वर्षपछि पक्राउ



२१ साउन, बैतडी । हत्या आरोपमा प्रहरीको फरार सूचीमा रहेका एक अभियुक्तलाई दार्चुला प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङको साबिक दहबगर–५ का ४० वर्षीय खण्डे भनिने खड्गबहादुर धामी रहेको जिप्रका दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए । खण्डेलाई २०६४ भदौ २५ गते राति १२ बजे भाउजू नाता पर्ने कन्थरी धामीको हत्या गरी फरार रहेको अभियोग लगाइएको छ ।

खण्डे भारतमा रहेको भनी बझाङ प्रहरीले एक महिना अगाडि दार्चुला प्रहरीलाई खबर गरेको थियो । दार्चुला प्रहरीले शुक्रबार भारतीय प्रहरी समन्वयमा भारतको पिथौरागढ जिल्लाको मुन्सियारीबाट पक्राउ गरेको प्रनाउ खनालले जानकारी दिए । लुकेर रहेका खण्डेलाई दार्चुला प्रहरीले भारतको मुन्सियारीमा लुकेर बसेको भन्ने विशेष सुराकीका आधारमा पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कप क्रिकेटमा पुलिस फाइनलमा

  घोराही । लिग चरणको एक खेल बाँकी छुँदै नेपाल पुलिस क्लब प्रधानमन्त्री

आइएमई ग्रुप र आइएक्सआइ कर्पको लगानीमा काठमाडौँ टेक्निकल स्कुल सञ्चालन

काठमाडौं । आइएमई ग्रुप र आइएक्सआइ कर्पले संयुक्त रुपमा काठमाडौं टेक्निकल स्कुल (केटिएस) सञ्चालनमा

५५ अंकले घट्यो शेयर बजार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से उच्च अंकले घटेको छ

तीन महिनापछि भोजपुरमा उडान सुरु

भोजपुर ।  बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका–१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु