उसेन बोल्टलाई पछि पार्दै ग्याटलिनले जिते स्वर्ण



२२ साउन, काठमाडौं । जसलाई च्याम्पियन धावक उसेन बोल्टको अन्तिम ठूलो दौडका रुपमा प्रमोट गरिएको थियो, त्यसमा जस्टिन ग्याटलिन च्याम्पियन बनेका छन् ।

अमेरिकाका ग्याटलिनले वल्र्ड एथलेटिक्स च्याम्पियनसिपको १०० मिटर दौडमा स्वर्ण जितका छन् । ३५ वर्षीय ग्याटलिनले ९.९२ सेकेण्डमा दौड पुरा गरे ।

प्रतिवन्धबाट प्रभावित करियरको तितो विगतलाई बिर्साउँदै उनले आफ्ना प्रतिद्वन्द्वीलाई मात्र होइन, समर्थकहरुलाई पनि आश्चर्यमा पारे ।

स्वर्णको प्रवल दावेदार मानिएका बोल्ट भने तेस्रो नम्बरमा रहे । उनले ९.९५ सेकेण्डमा दौड पुरा गरे ।

अमेरिकाका क्रिस्टिन कोलम्यानले ९.९४ सेकेण्डमा दुरी पार गर्दै रजत पदक जितेका छन् ।

जमैकन धावक बोल्टले २०१५ मा बेइजिङमा भएको वल्र्ड च्याम्पियनसिपमा ग्याटलिनलाई पछि पारको थिए । तर, लण्डनमा पछिल्लो प्रदर्शन दोहोर्‍याउन सकेनन् जितका साथ करियरको अन्त्य गर्ने उनको चाहना पुरा भएन ।

तर, उनले खेल भावनाको परिचय दिए । उनले दौड पुरा भएपछि ग्याटलिनलाई बधाई दिए । उनले स्टेडियममा उपस्थित दर्शकलाई अभिवादन पनि गरे ।

उनले भने, मेरो सुरुवातले मलाई अफ्ठ्यारोमा पुर्‍यायो । ग्याटलिन राम्रो प्रतिद्वन्द्वी हुन् । मैले आज सर्वश्रेष्ठ प्रदर्शन गर्न सकिनँ ।’
आठ ओलम्पिक स्वर्ण जितेका बोल्टले अब हुने वल्र्ड एथलेटिक्स च्याम्पियनसिपमा देखिने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशकमा भट्ट नियुक्त

काठमाडौँ । सरकारले राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशकमा दिनेश भट्टलाई

प्रहरी महानिरीक्षक कुँवरको बिदाइ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई

आगलागीबाट भोजपुरमा आठ जलेर नष्ट

भोजपुर । सामुदायिक वनमा लागेको डढेलो बस्तीमा प्रवेश गर्दा  भोजपुर नगरपालिका–१२, पारपानीका आठ

दीपक थापा नेपाल प्रहरीको ३१ औं आईजीपी नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३१ औँ प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त भएका छन्