प्रहरी महानिरीक्षक क्षेत्रीलाई दज्र्यानी चिह्न प्रदान



काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा गृह सचिव महेश्वर न्यौपानेले उनलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् । असार २३ गते मन्त्रिपरिषद् बैठकले वरीयतामा पहिलो नम्बरमा रहेका एआईजी थापालाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने गरेको थियो ।

३० वर्षे सेवाअवधिका कारण निवर्तमान आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बुधबारदेखि अनिवार्य अवकाश पाएपछि सरकारले क्षेत्रीलाई आईजीपी नियुक्त गरेको हो । निवर्तमान आईजीपी ज्ञवालीलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा बिदाइ गरिएको थियो । थापाले आजैबाट महानिरीक्षकको कार्यभार सम्हाल्नेछन् । थापाले १९ वैशाख २०७९ सम्म नेपाल प्रहरीको नेतृत्व गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन् ।

विपद् प्रतिकार्यको तयारीमा रहन मातहतका युनिटलाई सशस्त्रको परिपत्र

काठमाडौँ । सशस्त्र प्रहरी बलले विपद प्रतिकार्यका लागि तयारी गरिरहेको छ । मातहतका

नेपाल प्रहरीकी असई कुन्जाङले चढिन् सगरमाथा

काठमाडौं । नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले सर्वोच्च शिखर सगरमाथा

नागरिकमैत्री सेवा प्रवाहमा कुनै पनि सम्झौता नगर्न प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले हाल देखिएका सुरक्षा चुनौतिलाई अवसरको रूपमा