नेपाल र सशस्त्र प्रहरीलाई सीमामा पठाइने, महत्वपूर्ण संरचनाको सुरक्षाको जिम्मा सेनालाई



काठमाडौं । कारागार, विकास निर्माण आयोजना लगायतका महत्वपूर्ण संरचनाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सीमामा पठाईने भएको छ । आइतबार गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको बैठकमा सो सम्बन्धि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

निर्वाचनको समयमा महत्वपूर्ण संरचनाको जिम्मा सेनालाई दिएर कोरोनाले निम्ताएको महामारी नियन्त्रण गर्न सीमामा थप कडाइ गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो । बैठकले सीमाबाट लुकिछिपी प्रवेश गर्नेक्रम नरोकिएको भन्दै त्यसरी प्रवेश गर्नेलाई कडा कानुनी कारवाही गर्नुपर्ने निश्कर्ष निकालेको छ । बैठकले भारतमा रहेका नेपालीलाई कोरोनाबाट सुरक्षित राख्न आवश्यक पहल तथा सीमा सुरक्षाका विषयमा भारत सरकारसँगको छलफललाई तिव्रता दिने निर्णय गरेको छ ।

बैठकमा गृहमन्त्रीले कोरोना संक्रमणको केन्द्र चीन, युरोप अमेरिका हुँदै अब दक्षिण एसियातर्फ बढ्न लागेको भन्दै खुला सीमा रहेको कारण नेपालले अब विशेष सावधानी अपनाउन आवश्यक रहेको बताए । उनले सीमामा थप कडाइ गर्न र रातको समयमा थप गस्ती बढाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

साथै उनले सिमावर्ती जिल्लामा सुरक्षाकर्मीको समन्वयमा सबै वडास्तरमा समुदायको सहयोगमा स्वयंसेवक परिचालन कमिटी गठन गरि सीमाबाट हुने अवैध प्रवेशलाई निरुत्साहित गर्ने कार्यक्रम बनाउन निर्देशन दिए । सीमामा खटिएका सुरक्षाकर्मीका लागि आवश्यक स्रोतसाधनको व्यवस्थापनका लागि गृह मन्त्रालय प्रक्रिया अघि बढाएको बैठकमा जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रास्वपाको ऊर्जा तथा जलस्रोत विभागको अग्रसरतामा चोभार गल्छीको भविष्यबारे नीतिगत संवाद

काठमाडौं । देशको जलस्रोत व्यवस्थापन र वातावरणीय संरक्षणका दृष्टिले अति संवेदनशील चोभार गल्छीको

अध्यात्मको मार्गमा गुरु किन चाहिन्छ ?

अध्यात्म विकासमा गुरुको मार्गनिर्देशन चाहिनुमा खास कारण छ । भौतिक जगतको जीवन राजमार्ग

नयाँ नेपालका नेता कस्तो हुनुपर्छ ?

-डा. रामकृष्ण तिमल्सेना सच्चा नेतृत्व त्यो हो, जसले शक्ति होइन, सेवामा गरिमा खोज्छ,

उपरथी खत्रीलाई उपत्यका पृतनाको जिम्मेवारी

काठमाडौं । नेपाली सेनाको उपरथीमा बढुवा भएका रविन्द्र खत्रीलाई दर्ज्यानी  चिह्न प्रदान गरिएको