शान्ति सुरक्षा कायम गर्न पूर्वप्रहरीको भूमिका महत्वपूर्णः महानिरीक्षक खनाल



काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पूर्वप्रहरीले आफ्नो ज्ञान, सीप, कला र कौशललाई प्रयोग गर्दै शान्ति सुरक्षामा नेपाल प्रहरीलाई आवश्यक सहयोग गर्नुपर्ने बताएका छन् ।

काठमाडौँको धापासीस्थित नेपाल पूर्वप्रहरी सङ्गठनको २८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै महानिरीक्षक खनालले शान्ति सुरक्षा कायम गर्न पूर्वप्रहरीको योगदान महत्वपूर्ण हुने बताएका हुन् ।

पूर्वप्रहरी कर्मचारीको हकहितका लागि प्रहरी सङ्गठन तत्पर रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले पूर्वप्रहरी सङ्गठनको विकासका लागि आवश्यक योजनासहित अगाडि बढ्नुपर्नेमा जोड दिए ।

उनले हाल प्रहरी कल्याण कोषबाट निवृत्त प्रहरी एवं आश्रित परिवार र अमर प्रहरी परिवारको कल्याणमा वार्षिक कल्याणकारी कार्यक्रमको कूल ७३ प्रतिशत खर्चको योगदान पुर्याइरहेको जानकारी दिए ।

कर्तव्य पालनाको सिलसिलामा अशक्त भएका प्रहरी कर्मचारीका एक जना सन्ततिलाई कक्षा ६ देखि स्नातक तहसम्म अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने भनी प्रहरी दिवस २०७६ को अवसरमा घोषणा भई कार्यान्वयनमा आएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रहरी महानिरीक्षकद्वारा एसपीमा बढुवा भएका दुई अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका दुई अधिकृतलाई

राष्ट्रिय एकताको रक्षार्थ जस्तोसुकै परिस्थितिमा संविधान प्रदत्त जिम्मेवारी पूरा गर्छौंः प्रधानसेनापति सिग्देल

  धनगढी । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेना सदैव देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता,

सेनाले भन्यो-संविधानप्रदत्त जिम्मेवारीहरू पूरा गर्न सदैव कटिबद्ध छौं

काठमाडौं । नेपाली सेनाले राजावादीहरूको गतिविधिसँग आफूलाई जोडेर टिकाटिप्पणी गरेको भन्दै आपत्ति जनाएको

प्रधानसेनापतिद्वारा अधिकारीलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले बुधबार जङ्गीअड्डामा आयोजित एक कार्यक्रममा उपरथीमा विशेष पदोन्नति