विद्यालय पुनर्निर्माणका लागि नर्वेले ८० लाख अमेरिकी डलर सहयोग गर्ने



काठमाडौं । नर्वेले नेपालको विद्यालय पुनर्निर्माणका लागि ८० लाख अमेरिकी डलर आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

बुधबार काठमाडौंमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपालस्थित नर्वेजियन राजदुतावास र युनाईटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (यूनओपिएस) बीच नेपालको २४ वटा विद्यालय पुनर्निर्माणका लागि ८० लाख अमेरिकी डलर आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सिन्धुली, रामेछाप, भक्तपुर र काठमाडौंको गरी भूकम्पले क्षति पु¥याएका २४ वटा विद्यालयको पुनर्निर्माणको लागि सो सहायता उपलब्ध गराइएको सो समझदारी पत्रमा उल्लेख गरिएको छ ।

परियोजना अन्तरगत सिन्धुलीमा ९, रामेछापमा १३ तथा भक्तपुर र काठमाडौंमा १–१ वटा विद्यालय पुनर्निर्माण हुनेछन । अपांग मैत्री यी विद्यालयमा शौचालय र खानेपानीको पनि उचित व्यवस्था हुने र यसबाट करिव ५ हजार ५ सय विद्यार्थी लाभान्वित हुने विश्वास लिइएको छ ।

समझदारी पत्रमा नेपालको तर्फबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरे, नर्वेजियम राजदुत लास्से जोर्न जोहानेसे र युनपिएसका राष्ट्रिय निर्देशक चाल्स क्यालानानले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नर्वे सरकारले नेपालको विद्यालय पुनर्निर्माणमा सो सहयोग गरेकोमा आभार व्यक्त गरे ।

उनले सो परियोजना तोकिएकै समय भित्र सम्पन्न हुने विश्वास पनि व्यक्त गरे । दुई वर्ष भित्र सो परियोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ । समझदारी पत्रमा गुणस्तरीय विद्यालय पुर्ननिर्माण गर्ने प्रतिवद्धता पनि जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकार र संसद दुवैलाई विद्यालय शिक्षा विधेयक उच्च प्राथमिकतामा राख्न सांसहरुको माग

काठमाडौँ । राष्ट्रियसभाका सांसद बलदेव बोहराले विद्यालय शिक्षा विधेयक चाँडोभन्दा चाँडो पारित गर्न

प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर बनिन् अभिनेत्री दिव्या रायमाझी

काठमाडौं । लोकप्रिय तथा चर्चित अभिनेत्री दिव्या रायमाझी प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड

एसइई परीक्षा : मर्यादाविपरीत काम गर्ने चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो

वीरगन्ज । जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मर्यादाविपरीत कार्य गर्ने सहायक केन्द्राध्यक्षसहित

मोरङको सुकुना माध्यमिक विद्यालयका आठ जना जुम्ल्याहा विद्यार्थी एसइई परीक्षामा सहभागी

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका आठ जना जुम्ल्याहा विद्यार्थीले