एउटा “अख़बार” थियो



विष्णु रिमाल ।

समाचारको पनि “एनिभर्सरी” हुँदो रहेछ!

एउटा “अख़बार” थियो,
त्यसले काईदा-काईदाको समाचार छाप्थ्यो।

गत बर्ष यसै महिना, हिजोका दिन त्यसले,
मेरो “बन्दरनुमा” चित्र सहितको
एउटा “मसालेदार” समाचार छाप्यो।

केहीले जिब्रो पड्काए,
केहीका ऑखिभुँई खुम्चिए,
केही तरंगित भए,
सायद त्यसको ‘मिशन’ पूरा भयो।

यो बर्ष यसै महिना, आजको दिन त्यसले
फेरी समाचार छाप्यो,
फेरी त्यही “बन्दरनुमा” चित्र टॉस्यो।

‘भिजन’ के थियो? ‘मिशन’ के थियो?
सायद, ‘त्योअखवार’का हर्ताकर्ताहरू,
यसपाली ‘त्यो समाचार’को,
‘ह्याप्पी एनिभर्सरी’ मनाऊँदै छन्!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
देश र संसार बुझ्न कविता प्रभावशाली माध्यम हो: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज विकासमा भाषा, कला र साहित्यको भूमिका महत्त्वपूर्ण

कुलमान खेद्ने खाडल अझै गहिरो बनाए हुन्छ….

के-के खानुछ कसकसलाई , खाए हुन्छ भारतले सरकार अहिले नपर्ने रैछ ! टडकमा

साहित्यकार सुवेदीका चार कृति लोकार्पण

काठमाडौँ । वरिष्ठ साहित्यकार होमनाथ सुवेदीले सिर्जना र सम्पादन गरेका चारवटा कृति लोकार्पण

साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षमा निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९३  वर्षको उमेरमा निधन भएको छ । भारतको