सबैभन्दा सिनियर म नै हो, दलको नेतामा मेरो स्वतः दाबी हुन्छः अर्जुननरसिंह केसी


काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा आफ्नो स्वतः दाबी रहने बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यसमिति बैठकमा भाग लिन पुगेका नेता केसीले पत्रकारहरुसँग कुरा गर्दै दलको नेतामा आफ्नो स्वतः दाबी रहने बताएका हुन् ।

उनले आफूले संसदीय अभ्यास र यात्रामा धेरै योगदान गरेको बताए । उनले भने, ‘सबैभन्दा सिनियर म नै हो । दलको नेतामा मेरो स्वतः दाबी हुन्छ । संसदीय अभ्यास र यात्रामा धेरै योगदान गरेको छु । २०४७ पछिको संसद् कांग्रेसको सिङ्गै धान्दिने म पनि हुँ ।’

उनले संसदीय दलको नेताको रुपमा सहमतिपूर्ण ढंगबाटै निष्कर्ष निस्कियोस् भन्ने आफ्नो चाहना रहेको बताए । केसी समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन् ।