काठमाडौँ । जंगी अड्डाले पूर्वप्रधानसेनापतिहरुसँग छलफल गरेको छ । मंगलबार जंगी अड्डामा समसामयिक परिस्थितिकाबारे छलफल भएको नेपाली सेनाले जनाएको छ । मंगलबार छलफल भएपछि सेनाले छलफलको तस्बिर बुधबार राति सार्वजनिक गरेको हो ।
सेनाले भनेको छ, ‘चैत्र ३ गते समसामयिक परिस्थितिको सम्बन्धमा पूर्वप्रधानसेनापतिहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको थियो ।’
छलफलमा पूर्वप्रधानसेनापतिहरु प्यारजंग थापा, राजेन्द्र क्षेत्री, पूर्णचन्द्र थापा, प्रभुराम शर्मा, गौरब शम्सेर जबरा सहभागी थिए । छलफलको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।




प्रतिक्रिया