पितृशोकमा रहेका एमाले अध्यक्ष ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पितृशोकमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले अध्यक्ष ओलीको गुण्डुस्थित निवासमा पुगेर उनी तथा शोकाकूल परिवारका अन्य सदस्यहरुमा समवेदना व्यक्त गरेका हुन् ।