झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक र निजी सम्पत्तिमाथि आगजनी तथा तोडफोड गर्नेमाथि कारबाही गर्नेबारे सोचिरहेको बताएका हुन् ।
बुधबार गृह जिल्ला झापामा जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको अवलोकन गर्नेक्रममा अध्यक्ष ओलीले सार्वजनिक र व्यक्तिको सम्प्त्ति तोडफोड र आगजनीलाई गर्नेहरूलाई कडा कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।
अध्यक्ष ओलीले वर्तमान अन्तरिम सरकार देश जलाउनेहरूकै पक्षमा रहेकाले अपराधीहरूमाथि कारबाही गर्न हिचकिचाइरहेको बताए ।
उनले भने, ‘अपराधलाई कुनै पनि बहानामा प्रोत्साहन गर्न सकिँदैन, अपराध रोकेर मात्रै देशलाई शान्तिपूर्ण र बस्न लायक बनाउन सकिन्छ । यी अपराधीहरुलाई कसरी ठिक लगाउने भन्नेबारे सोचिरहेको छु । अरुको घर जलाउन पाइन्छ ? तिनीहरुलाई कारबाहीको दायरामा ल्याउनु परेन ?’
उनले समय आएपछि यस्ता अपराधीहरुमाथि कारबाही हुने बताए ।

प्रतिक्रिया