भूमिसम्बन्धी विधेयकमा ‘लटरपटर’ नगरौं : महामन्त्री शर्मा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमिसम्बन्धी विधेयकलाई आजको संसदको कार्यसूचीबाट हटाउन माग गरेका छन् ।

सामाजिक संजालमार्फत महामन्त्री शर्माले पर्याप्त गृहकार्य नगरी सोझै पारित गर्ने तयारी गरिएको भन्दै आपत्ति जनाएका हुन् । उनले भनेका छन्, ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक स्वयंमा संशोधन गरेर सहमति जुटाउन जरुरी छ । पर्याप्त गृहकार्य नगरी ’सोझै पारित गर्नेगरि’ संसदमा प्रस्तुत हुन लागेकोमा खुला विमती छ ! ’लटरपटरझ नगरौं, पूर्वसहमति खोजौं कि समितिमा पठाउँ । अन्यथा आजलाई कार्यसूचीबाट हटाइयोस्– ‘भूमि विधेयक’ !’

आजको प्रतिनिधिसभा बैठकमा भूमिसम्बन्धी विधेयक प्रस्तुत गरी पारित गर्ने कार्यसूची रहेको छ ।