सत्तारुढ दलकै सांसद नीति तथा कार्यक्रमप्रति असन्तुष्ट हुँदै मौन बसेपछि…
काठमाडौं । सत्तारुढ दलका सांसद नै सरकारको नीति तथा कार्यक्रमप्रति असन्तुष्ट देखिएका छन् । शुक्रबारको प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद चन्द्रबहादुर विश्वकर्मा मौन बसेर नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाएका हुन् ।
बैठकमा सभामुखले बोल्नका लागि पाँच मिनेटको समय दिएपछि उनी रोष्ट्रममा गएका थिए । रोष्ट्रममा उभिएर उनले भने, ‘राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको र यो संसदमा त्यसबारे क्रिया प्रतिक्रिया र छलफल भइरहेको छ । मै पनि प्रतिक्रिया दिनका लागि यहाँ उपस्थित भएको छु त्यसैले प्रतिक्रिया दिन चाहन्छु..।’ यति बोलेपछि सांसद विश्वकर्मा आफूले पाएको समयसम्म मौन बसेर फर्किएका थिए ।