सरकारलाई लिङ्देनको आग्रहः विपक्षी विचारलाई आतङ्कित र निषेध गर्ने दृष्टिकोणहरू प्रस्तुत नगर्नुस्



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई गणतन्त्रप्रति आशा जगाउने काम गर्न आग्रह गरेका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष लिङ्देनले विपक्षीलाई आतंकित पार्नेभन्दा गणतन्त्रप्रति आशा जगाउने काम गर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘विपक्षी विचारलाई आतङ्कित र निषेध गर्ने खाल्का दृष्टिकोणहरू प्रस्तुत गर्नुको बदला तपाईंको गणतन्त्रप्रति आशा जगाउने काम गर्नुस् । अघिल्लो सरकारले आशा जगाउने काम गरयो कि गरेन, तर प्रयत्न गर्छु भनेको थियो । अब पनि आशा जगाउने काम गर्नुस् ।’

अध्यक्ष लिङ्देनले उनले गणतन्त्र व्यवस्था विरुद्ध फरक मत राख्न पाइने भन्दै फरक विचारलाई नखेद्न आग्रह गरे । उनले फरक मत राख्नेका विरुद्ध कानुन बनाउनु नपाइने कुरा संविधानमा रहेको स्पष्ट पारे ।

संविधानमा व्यवस्थाको सम्बन्धमा समेत प्रश्न उठाउन सकिने व्यवस्था रहेको भन्दै उनले आफूहरूले उठाउँदै आएको एजेण्डा उठाउन संविधानले नरोक्ने बताए ।

उनले भने, ‘नेपालको सार्वभौमिकता भौगोलिक अखण्डता, जनतामा निहीत सार्वभौमिकताको प्रतिकूल हुने गरी संविधान संशोधन गर्न सकिने छैन, भनेपछि त्यसदेखि बाहेक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता त जहिल्यै पनि संशोधन गर्न सकिने रहेछ भन्ने कुरा त यो संविधानले नै प्रष्ट पारेको छ ।’

उनले अहिले मुलुकमा फजुल खर्च गर्ने संरचनाहरू रहेको उल्लेख गर्दै तिनलाई खारेज गरेर सरकार अगाडि जान सक्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्राधिकरणले भन्यो-गौतमबुद्ध विमानस्थलका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण मन्त्रिपरिषदको निर्णय बमोजिम

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक पर्ने

मन्त्रिपरिषद बैठकद्वारा बेपत्ता छानबिन र सत्यनिरुपण आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं । सरकारले पूर्वमुख्यसचिव लीलादेवी गड्तौलालाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा नियुक्त

लगानी बोर्ड बैठकद्वारा अर्थमन्त्रीको संयोजकत्वमा सार्वजनिक–निजी साझेदारी परियोजना प्राथमिकीकरण समिति गठन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले परियोजनाहरूको प्राथमिकीकरण

पोखरामा माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु

मलेखु । धादिङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रोबस