सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक नयाँबानेश्वरस्थित संसद भवनमा दिउँसो २ बजे बस्नेछ ।
सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमबारे संसदको छलफलमा सहभागी हुनका लागि बैठक बोलाइएको हो । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा सोमबारदेखि संसदमा निरन्तर छलफल हुनेछ ।