नीति तथा कार्यक्रममा केही कमी भएको कांग्रेसको प्रतिक्रिया



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नीति तथा कार्यक्रम समग्रमा राम्रो रहेको टिप्पणी गरेका छन् ।

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमकाबारेमा प्रतिक्रिया दिँदै महतले परम्परागत भन्दा एक कदम अगाडि बढ्नुपर्ने भएपनि त्यसो हुन नसकेको टिप्पणी गरेका हुन् ।

उनले नीति तथा कार्यक्रम परम्परागत भन्दा एक कदम अगाडि बढ्नुपर्नेमा भने त्यसो हुन नसकेको बताए ।

उनले भने, ‘नीति कार्यक्रम समग्रमा ठिकठाकै छ । तर यसलाई अझ परिवर्तन गर्न सकिन्थ्यो । केही बोल्ड कुराहरु परम्परागत भन्दा एक कदम अगाडि बढ्नुपथ्र्यो, त्यसो हुन सकेन केही कमी छ, तर समग्रमा ठीक छ ।’

उनले अर्थतन्त्र चलायमान बनाउन सडक, सिंचाइ, खानेपानी र सबैभन्दा बढी परिणाम आउने क्षेत्रबारे ठोस रुपमा आउनुपर्नेमा त्यसो हुन नसकेको बताए । प्रवक्ता महतले स्वास्थ्य क्षेत्रमा पनि जुन रुपमा जानुपर्ने हो त्यो व्यवहारमा जान समस्या हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाँच लाख ७० हजार घुससहित इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौँ । सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुंगामा कार्यरत इन्जिनियर सन्तोषकुमार

नेपालका हिमाल र पहाडका वातावरणीय महत्वबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजनाः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडका वातावरणीय महत्वबारे विश्वको

निगमले घटायो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बिहीबार

सभामुखले संसदमा सुनाए सांसद बस्नेतको पद निलम्बनको सूचना

काठमाडौँ । प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत पदबाट निलम्वित भएका छन् । प्रतिनिधिसभाको बिहीबारको