नेपालमा राजावादीले फैलाएको हल्लाबाट भ्रमित नहुन भारतीय नेताहरुलाई भनेको छुः बाबुराम भट्टराई
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराईले लामो सङ्घर्षबाट राजतन्त्र हटाए पनि राजनीतिक दलका नेताको कार्यशैली राजाको जस्तै भएको बताएका छन् ।
१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बिहीबार नेपाल समाजवादी ट्रेड युनियन महासङ्घ र नेपाल समाजवादी नेवा सङ्घले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन भट्टराईले दलहरुकै कारण जनतामा असन्तुष्टि सृजना भएको बताएका हुन् ।
अध्यक्ष भट्टराईले देशमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसद् हुनुपर्नेमा जोड दिँदै पुराना दलले मजदुर र आमजनताका समस्या समाधान गर्न नसक्ने भएकाले आफूले अग्रगामी र वैकल्पिक एजेण्डासहित नेसपा नयाँ शक्ति अगाडि बढाइएको प्रष्ट पारे ।
उनले आफूले भारत भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध सुमधुर बनाउने काम गरेको भन्दै नेपालमा राजावादी भन्नेले फैलाएको भ्रमबाट भ्रमित नहुन आफूले भारतका विभिन्न पार्टीका नेतालाई भनेको बताए ।