राजावादीहरु प्रशंसा नगर्ने कलाकारको फिल्म नहेर्नेजस्ता असहिष्णु व्यवहार गर्छन्ः प्रधानमन्त्री ओली



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आन्दोलनबाट फालिसकिएको निरङ्कुश राजतन्त्र फर्काउने सपना देखेर अराजक र असहिष्णु प्रवृत्ति बोक्नेहरु सक्रिय भएकाले तिनका विरुद्ध खबरदारी गर्न मजदुर वर्गलाई आग्रह गरेका छन् ।

१३६ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा बिहीबार नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक परिवर्तन र सचेतनाका लागि योगदान दिने मजदुर वर्गलाई एकताबद्ध भएर सही र महान उद्देश्यप्राप्तिमा गतिशील हुन आग्रह गरेका हुन् ।

उनले राजतन्त्र पक्षधरको अराजकता चैत १५ मा तीनकुनेमा देखिएको बताए । प्रधानमन्त्रीले भने, ‘राजावादीहरु प्रशंसा नगर्ने कलाकारको फिल्म नहेर्नेजस्ता असहिष्णु व्यवहार गर्ने कुचेष्टा गरिरहेका छन् । शान्ति कायम गर्न उभिएका प्रहरीमाथि गाडी लिएर किच्न जान्छन् भने त्यस्ताहरुको हातमा शासन सत्ता पुुगेमा के गर्लान् भन्ने प्रश्न उब्जिएको छ ।’

हाम्रो झण्डा ख्यालख्यालमा रातो नभएको भन्दै प्रधानमन्त्रीले मजदुरहरुले शान्तिपूर्ण र न्यायपूर्ण समाजका लागि लाग्दा गोली खाएर सेतो झण्डामा रगत लतपतिएर रातो भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदको जोड

काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरूले मनसुन सुरु हुन लाग्दा प्राकृतिक जोखिम र क्षति न्यूनीकरण गर्न

नेपाल पवित्र भूमि हो, जहाँ प्रत्येक चट्टान र झरनाबाट बौद्धिकता प्रस्फुटित हुन्छ

-केपी शर्मा ओली । सगरमाथा संवादको यस पहिलो संस्करणमा यहाँहरुलाई स्वागत गर्न पाउनु

निषेध गरेर लाने भए सरकारले औपचारिक रुपमै भन्दियोस् तिमीहरु विद्रोहमा जाउः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दूराज्यमा आस्था राखेकै

सरकारले आफ्ना मान्छे बचाउने खेल खेलिरहेको छः प्रचण्ड

डडेल्धुरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार गलत