सर्वोच्चको पत्राचारपछि रेशम चौधरी रिहा
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन् । रिहागर्न सर्वोच्च अदालतले पत्र लेखेपछि चौधरी बुधबार साँझ रिहा भएका हुन् । सर्वोच्च अदालतका कर्मचारीले कारागार कार्यालय डिल्लीबजारलाई पठाएको झुटा पत्रका आधारमा उनी बुधबार दिउँसो प्रज्ञा भवन परिसरबाट पक्राउ परेका थिए । उक्त पत्र झुटा भएको सर्वोच्च अदालतले जानकारी गराइसकेको छ ।
सर्वोच्चले अर्को पत्र पठाएर चौधरीलाई रिहा गर्न भनेसँगै उनी साँझ रिहा भएका हुन् । यस्तै फेक पत्र पठाउने महिमान सिंह विष्ट पक्राउ परेका छन् ।
बुधबार नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता घोषणा हुने भएपछि रेशम प्रज्ञा भवन पुगेका थिए । तर, उनी एकाएक पक्राउ परेसँगै आजको एकता नै भाँडिएको थियो ।