गणतन्त्र जाँदैछ, राजतन्त्र आउँदैछ भन्ने खतरा अहिले छैन : शेखर कोइराला



काठमाडौं। नेपालको लोकतन्त्र र समाजवादको सुदृढीकरणका लागि विश्वेश्वरप्रसाद कोइराला (बरीपी) को आदर्श तथा सिद्धान्तहरू अहिले पनि उत्तिकै सान्दर्भिक रहेकाले तिनको अनुसरण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

बीपी कोइराला सोसलिस्ट इन्टरनेसनल नेपालले आयोजना गरेको ‘बिपीको समाजवाद र स्थानीय सरकार’ पुस्तक लोकार्पण तथा ‘आजको सन्दर्भमा बिपीको समाजवादी चिन्तनको सार्थकता र सान्दर्भिकता’ विषयक विचार गोष्ठीमा वक्ताहरूले समाजवाद र उन्नत लोकतन्त्रका लागि बिपीका विचारहरू मार्गदर्शक हुने धारणा राखेका हुन् ।

कार्यक्रममा प्रथम राष्ट्रपति डा रामवरण यादवले लोकतन्त्रको स्थापनापछि सडक पूर्वाधार जस्ता क्षेत्रमा उल्लेख्य सुधार भए पनि समग्र अर्थतन्त्र र शिक्षा, स्वास्थ्य तथा रोजगारीलगायत क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको बताए।

‘हाल गाउँ–गाउँमा राम्रा सडक बनेका छन्, ९५ प्रतिशतभन्दा बढी जनसङ्ख्यामा बिजुली सुविधा पुगेको छ । पछिल्लो दुई दशकमा धेरै गुणात्मक सुधार भएका छन्’, उनले भने, ‘तर अझै पनि अर्थतन्त्रका लागि धेरै चीज गर्न बाँकी छ । कृषि, उद्योग क्षेत्र धराशायी भएको छ । यसमा गम्भीर बनौँ ।’

बिपीले ग्रामीण जीवनको विकासलाई केन्द्रमा राखेर समाजवादको कल्पना गरेकाले अहिले पनि कृषि र ग्रामीण अर्थतन्त्र विकासलाई केन्द्रमा राख्न सके आर्थिक विकास सम्भव हुने डा. यादवको भनाइ छ । नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रको निजीकरणले समस्या सिर्जना गरेको पनि उनले उल्लेख गरे । यस्तै, नदीनाला तथा चुरे क्षेत्रको दोहन रोकेर पर्यावरणमैत्री विकास गरिनुपर्नेमा प्रथम राष्ट्रपति डा यादवको जोड थियो ।

मुलुकमा लोकतन्त्रको स्थापनाका लागि नेपाली कांग्रेस पार्टीको ठूलो योगदान रहे पनि कार्यकर्तामा त्यसको अपनत्व नरहेको उनको बुझाइ छ । प्रथम राष्ट्रपति यादवले नेपालको ऐतिहासिक उपलब्धिलाई देखाउन छुट्टै सङ्ग्रहालय स्थापना गर्न आवश्यक रहेकामा जोड दिए ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बिपीले परिकल्पना गरेको समाजवादको अवधारणाअनुसार केही पालिकाहरूलाई नमूना पालिकाका रूपमा अघि बढाउन सकिने योजना सुनाए। हाल सरकारमा रहेका व्यक्तिहरूले आफ्ना कमजोरी लुकाउनका लागि मात्रै यो व्यवस्था जान्छ कि भन्नेबारे देखावटी चिन्ता व्यक्त गरिरहेको डा कोइरालाको जिकिर छ ।

‘हामीले ल्याएको लोकतन्त्र जान्छ कि भनेर नेतृत्वले चिन्ता गर्दै छलफल गरेको देखियो तर त्यो आफ्नो कमीकमजोरीलाई लुकाउन मात्र छलफल गरेको हो’, उनले भने, ‘गणतन्त्र जाँदैछ, राजतन्त्र आउँदैछ भन्ने खतरा अहिले छैन । आफ्ना कमजोरी लुकाउन सबै कुरा भइरहेका छन् । गणतन्त्र जाँदैन ढुक्क हुन्नुस् ।’ नेता डा कोइरालाले विद्यमान संविधानमा केही कमजोरी छन् भनेर सबैले स्वीकारी सकेकाले यसलाई सुधार गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।

उनले हाल देखिएका समस्या समाधानका लागि सरकार गम्भीर बन्नुपर्ने बताए। पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले राजनीतिक दलका नेताहरूले देशको हितमा निर्णय गर्नुपर्ने नीति नै बिपीको नीतिको मूल सार रहेको उल्लेख गरे । मुलुकको अर्थतन्त्र बलियो हुन सके मात्र प्रजातन्त्र बलियो हुने उल्लेख गर्दै उनले ग्रामीण विकासलाई केन्द्रमा राखेर सरकारका नीतिहरू आउनुपर्ने बताए ।

नेतृ कोइरालाले राजनीतिक दल र सत्तापक्ष तथा प्रतिपक्षका सांसदहरूले एकअर्कालाई गाली गर्ने मात्र नभई समस्याको तार्किक र उचित समाधान दिन सक्नुपर्नेमा जोड दिए।

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एनपी साउदले बिपीले सबैका कुरा सुन्ने गरेको स्मरण गर्दै हाल नेपाली कांग्रेसभित्र प्रश्न उठाउनेलाई सम्मान गर्ने र उठेका प्रश्नको जवाफ दिने परम्परा कमजोर हुँदै गएको बताए। आज पनि बिपीका सूक्ष्म चिन्तन र सिद्धान्तबाट प्रजातन्त्रलाई संस्थागत गर्ने तथा मुलुकलाई स्थायित्व दिने प्रयत्न गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सगरमाथा संवादमा सहभागी हुन चिनियाँ प्रतिनिधिमण्डल काठमाडौंमा

काठमाडौँ । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणका

अनुकूलताअनुसार हिउँदे वा वर्षे बिदाको अव धिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई मन्त्रालयको अनुरोध

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको

प्राधिकरणले भन्यो-गौतमबुद्ध विमानस्थलका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण मन्त्रिपरिषदको निर्णय बमोजिम

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक पर्ने

मन्त्रिपरिषद बैठकद्वारा बेपत्ता छानबिन र सत्यनिरुपण आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं । सरकारले पूर्वमुख्यसचिव लीलादेवी गड्तौलालाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा नियुक्त