कांग्रेस-एमालेको गठबन्धन थप बदनाम हुन पनि यो सरकार लामो समय रहनुपर्छः सांसद झा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले वर्तमान सरकार ढल्न नहुने बताएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा सांसद झाले गठबन्धन सरकार लामो जानुपर्ने बताएका हुन् ।

उनले सरकारले जनताका पक्षमा कुनै काम नगरेकाले पनि यो सरकार लामो समयसम्म रहनुपर्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीज्यूबाट यो सरकार ढल्दैन ढल्दैन भनेको अभिव्यक्ति सुनिरहेका छौँ । प्रतिपक्षको बेन्चबाट भन्न चाहन्छौँ– यो सरकार ढल्नु हुँदैन । यो सरकार नढलोस्, यो सरकार, गठबन्धन अझै लामो जाओस् भनेर शुभकामना दिन चाहन्छु ।’

साथै उनले सरकारको आयुभन्दा उपलब्धिको चर्चा धेरै गर्न सुझाव दिए । उनले गठनबन्धन कतिसम्म गिर्दो रहेछ भनेर देखिन पनि सरकार ढल्न नहुने उनको भनाइ थियो । उनले नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सातबुँदे सहमति सत्तासाझेदार दलले नै बिर्सिएका बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आजदेखि ‘सगरमाथा संवाद ’, १७५ विदेशी पाहुना काठमाडौँमा

काठमाडौं ।  जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा

पाँच लाख ७० हजार घुससहित इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौँ । सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुंगामा कार्यरत इन्जिनियर सन्तोषकुमार

नेपालका हिमाल र पहाडका वातावरणीय महत्वबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजनाः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडका वातावरणीय महत्वबारे विश्वको

निगमले घटायो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बिहीबार