उपसमिति बनाएर भएपनि तत्काल विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्छः प्रचण्ड



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत शिक्षकका मागलाई सरकारले शीघ्र सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डल शनिबार भएको भेटमा प्रचण्डले शिक्षकका जायज मागलाई बेवास्ता गर्न नहुने बताए ।

‘अहिले जति संशोधन दर्ता भए पनि कतिपय एउटै प्रकृतिका छन्। उपसमिति बनाएर भए पनि तत्काल पारित गर्नेतर्फ जान सकिन्छ,’ विधेयकलाई तत्काल पारित गर्नुपर्नेमा जोड दिँदै भने,’ मुख्य कुरा इच्छाशक्तिको हो । शिक्षा र शिक्षकका विषयलाई सरकारले प्राथमिकता दिनुपर्छ।’

शिक्षकका माग र समग्र शैक्षिक क्षेत्रबारे एउटै दृष्टिकोण बन्न नसकेको बताउँदै अध्यक्ष दाहालले देशको समृद्धिको मुख्य आधार शिक्षा नै भएकाले माग सम्बोधनमा गम्भीर हुन सरकारलाई आग्रह गरेको उनको निजी सचिवालयले जनाएको छ । साथ उनले विधेयक पारित गराउन माओवादी केन्द्रको विशेष भूमिका रहने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकार विचौलियाले चलाएको कुरा कांग्रेसका शक्तिशाली महामन्त्रीले पुष्टि गरिदिनुभयोः उपमहासचिव पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार विचौलियाले चलाएका आरोप लगाएका छन् । शुक्रबारको

लोकप्रियतावाद र अतिवादको शिकारमा नेपाल पर्ने खतरा छः एमाले

काठमाडौं । नेकपा एमालेले जनताका असन्तुष्टि भड्काउने प्रयास भइरहेको बताएका छन् । शुक्रबारको

कांग्रेस नबाहिरिएसम्म सरकार ढल्दैनः प्रमुख सचेतक घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अहिले देशमा अशान्ति मच्चाउने तत्वहरुले

आन्दोलन छाडेर वार्तामा आउन शिक्षक महासंघलाई नवनियुक्त शिक्षामन्त्रीको आग्रह

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा बोलाएका छन् । शुक्रबार