विराटनगर । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । शुक्रबार नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले शपथग्रहण गरेका छन् ।
नवनियुक्त मन्त्रीहरूमा टंक आङ्बुहाङ आर्थिक मामिला तथा योजनामन्त्री र उषाकला राईले सामाजिक विकासमन्त्रीको सपथ लिएका छन्। यस्तै, राम रानाले भूमि व्यवस्था‚ कृषि तथा सहकारीमन्त्रीमा र अम्बिरबाबु गुरुङले भौतिक पूर्वाधार विकासमन्त्रीको सपथ लिएका छन् ।
राजकुमार ओझाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्री र कला घलेले भूमि व्यवस्था‚ कृषि‚ सहकारी तथा कृषि राज्यमन्त्रीको सपथ लिएका छन् । मन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथ गराएका हुन् भने राज्यमन्त्रीलाई मुख्यमन्त्री शेरधन राईले शपथ गराएका छन् ।


प्रतिक्रिया