काठमाडौं । नेकपा–एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजना नेताहरुले पार्टीले मागेको स्पष्टीकरण बुझाएका छन् । वरिष्ठ नेता नेपाल, उपाध्यक्ष डा. भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पार्टी कार्यालय धुम्बाराहीमा स्पष्टीकरण बुझाएका हुन् । उ
नीहरुलाई गत शनिबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी समिति बैठकले पार्टी हितविपरित काम गरेको भनी स्पष्टीकरण माग गरेको थियो ।









प्रतिक्रिया