कोरोना संक्रमणबाट पोखरामा ३६ वर्षीया महिलाको मृत्यु


कास्की । पोखरामा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत पोखरा १३ की ३६ वर्षीया संक्रमित महिलाको बुधबार राति मृत्यु भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७१ पुगेको छ ।