पृथ्वी हामी सबैकी आमा हुन् भन्ने ऋग्वेदको शिक्षा स्वीकार गरौँ



डा. गोविन्दशरण उपाध्याय ।

पूर्खाले एतिधेरै परिश्रम गरेर हाम्रो बौद्धिक-सम्पदा जोगाएका थिए, उहाँहरूप्रति कृतघ्न न बनौं | पढेर,पढ्न लगाएर, बुझ्न लगाएर ऋषिऋण चुक्ता गरौँ |

विगतका पूर्खाले समाज र राष्ट्रलाई शिक्षा तथा ज्ञानको उज्यालो दिन ढुंगा, पात, धातु र अन्त्यमा अल्लोबाट हाते कागत तयार पारेर, सिमी, कटुस, घिरिम्लो, कालीमाटो तथा खरानीबाट तयार पारेको मसिले सल्लोको दियालो बालेर लेखेका यी अक्षरहरूको सम्मान गरौँ |

दलितवाद, बाहुनवाद, नाक थेप्चेवाद, नाक चुच्चेवादको घृणावादी भूमरीमा फंस्नुको सट्टा हरेक व्यक्तिलाई सही शिक्षा र दीक्षाको दिगो व्यबस्थापन गर्न/गराउन क्रियाशील हौँ | मान्छेका लागि मान्छे बनौं भने प्रकृतिसंग पनि मान्छेनै बनेर व्यबहार गर्न सिकौं | हामी पृथ्वीका सन्तान हौँ, पृथ्वी हामी सबैकी आमा हुन् भन्ने ऋग्वेदको शिक्षा स्वीकार गरौँ |

इतिहास जे-जस्तो थियो तेस्तै थियो | इतिहासलाई गालीगलौज गरेर वा तेसको प्रसंसा गरेर केही फरक पर्दैन | इतिहास फर्किन्न न इतिहासमा मान्छे फर्कन सक्छ | इतिहासबाट केवल सिकाई हुन्छ त्यो पनि अधूरो नै हुन्छ |

भविष्यमा मान्छेको प्रवेश नै छैन तेसैले भविष्यको लागि अत्याधिक चिन्ता लिनुको कुनै कारण छैन | अलिअलि चिन्ता गर्नु मान्छेको चिनारी नै हो |

हाम्रो हातमा मिलिसेकेन्डमा इतिहास बनिरहेको वर्तमानमात्र छ | वर्तमानले सुख,दुख, तनाव, भोक-प्यास जे पनि दिन सक्छ, सबै थोकलाई सामान्य (प्राकृतिक) ठानेर स्वीकृति र अस्वीकृतिको भूमरीमा न पर्ने मान्छे “हरफनमौला” हुन्छ | गीताले मान्छेलाई वर्तमानमा पराक्रम पूर्वक बाँच्न र कर्म गर्न सिकाउँछ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाँच लाख ७० हजार घुससहित इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौँ । सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुंगामा कार्यरत इन्जिनियर सन्तोषकुमार

नेपालका हिमाल र पहाडका वातावरणीय महत्वबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजनाः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडका वातावरणीय महत्वबारे विश्वको

निगमले घटायो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बिहीबार

सभामुखले संसदमा सुनाए सांसद बस्नेतको पद निलम्बनको सूचना

काठमाडौँ । प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत पदबाट निलम्वित भएका छन् । प्रतिनिधिसभाको बिहीबारको