२८८ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २,०९९



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २८८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमा २७० पुरुष र १८ जना महिला छन् । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा ३८ जनामा कोरोना रौतहटका ३८ जनामा संक्रमण देखिएको छ ।

स्याङजाका ५, पर्वतका पाँच जना, सप्तरीका एक जना, बर्दियाका ३, बाँकेका १७, सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछाम १०, बाराका एक, दाङमा १७, प्यूठानका एक, कंचनपुरका ८, कैलालीका १०, धनुषाका ६, महोत्तरीका २, रौतहटका ३६, सर्लाहीका २१, सिरहाका १७, भक्तपुरका १, धािदङका एक, कपिलवस्तुका १६ जना, काठमाडौं मेडिकल कलेजका चार जना स्वास्थ्यकर्मी, नवलपरासी पूर्वका एक जना, नवलपरासी पश्चिमका एक जना, नुवाकोटका २ जना, रुपन्देहीका १० जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै कोरानो संक्रमितको संख्या दुई हजार ९९ पुगेको छ । जसमा १९४९ पुरुष र  १५० महिला छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री र राजनीतिक दलका नेता बालुवाटारमा छलफलमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र राजनीतिक दलका नेताहरू छलफलमा जुटेका छन् ।

भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन प्रधानमन्त्रीलाई जेनज आन्दोलनका घाइतेको सुझाव

काठमाडौँ । जेनजी आन्दोलनका घाइतेहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका हुन् । मंगलबार

‘सरकार चुनावको वातावरण बनाउन छोडेर पार्टीका नेताहरूमाथि पूर्वाग्रही तरिकाले लाञ्छना लगाउने काममा लाग्यो’

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले उचित वातावरण बनाए आफ्नो

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता नतिर्ने ६ कम्पनीको लाइन काटियो, बक्यौता नबुझाउने उद्योगीको अडान

काठमाडौँ । डेडिकेटेड र ट्रङ्कलाइन प्रयोग गरेर त्यसवापतको विद्युत् महशुल बक्यौता नतिर्ने छ