सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गर्ने
काठमाडौँ । नेपाल सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गर्ने भएको छ । संघीय संसदको दुबै सदनमा शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गर्ने बताएकी हुन् ।
त्यसअघि शुक्रबार विहान बसेको नेकपाको स्थायी कमिटी बैठकमा नेताहरुले भारतले नेपाली भूमिमा मनपरी गरिराख्ने तर नेपालचाहिँ चुप लागेर बसिराख्ने भन्दै आपत्ति जनाएपछि प्रधानमन्त्रीले तत्कालै नक्सा जारी गर्ने प्रतिबद्धता जनाएका थिए ।