‘महामहिम ! विकसित मुलुकका नेपालीको चिन्ता नगरी बक्स्योस्’



काठमाडौं । सत्तारुढ नेकपाकी सांसद रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अमेरिकामा रहेका नेपालीका बारेमा चिन्ता नलिन आग्रह गरेकी छन् । बुधबधार ट्वीट गर्दै सांसद झाँक्रीले नेपालभित्रै हजारौं नेपाली अलपत्र परेको अवस्थामा अमेरिका, युरोप, जापान, अष्ट्रेलियालगाय देशमा रहेका नेपालीका चिन्ता लिन आवश्यक नभएको बताएकी हुन् । उनले बरु विभिन्न जिल्लामा अलपत्र परेका कामदारको उद्दारका लागि स्थानीय तहलाई निर्देशन दिन सुझाव दिएकी छन् ।

राष्ट्रपति भण्डारीले मंगलबार अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीलाई टेलिफोन गरी नेपालीको अवस्थाका बारेमा जानकारी लिएरको खबर सार्वजनिक भएको छ । त्यसपछि झाँक्रीले राष्ट्रपतिलाई व्यंग्य गरेका हुन् ।

उनले भनेकी छन्, ‘महामहिम ! अमेरिका,क्यानडा,युरोप,अष्टेलिया, जापान,कोरिया लगायत विकसित मूलुकका नेपालीको चिन्ता नगरी बक्स्योस् । नेपालका बिभिन्न जिल्लामा निर्माणको काम गर्न गएका मजदूरहरू लकडाउनमा अलपत्र परेकाहरू समस्यामा छन।ब्यस्थापनको लागि स्थानिय तहलाई निर्देशन दिने की ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन् । बहुविवाहको

‘ओलीको वरिपरि फेरि नेपाली कांग्रेसको एउटा खेमा घुमिरहेको छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीभित्र फेरि पनि केपी शर्मा ओलीको

‘नेपाली कम्युनिष्ट पार्टी’ को मार्ग निर्देशित सिद्धान्त माक्सवाद र लेनिनवाद हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले नयाँ पार्टीको

रेडियो चोरेको अभियोगमा स्याङ्जाका ७० वर्षीय वृद्ध ४७ वर्षपछि पुगे जेल

काठमाडौं । रेडियो चोरीको अभियोगमा स्याङ्जाका ४७ वर्षपछि ७० वर्षीय एक वृद्ध अहिले