१२ बर्ष राम नभएको अयोध्या जस्तो लागेको छ अहिले नेपाल !



दीर्घराज प्रसाई ।

ओलीले तेह्रथुम आठराई पुगेर, नेपालको नक्सालाई १५ किलोको केक बनाएर, केक काटेर जन्मदिन मनाएका थिए ।

नेपालको नक्सालाई जन्मदिनको केक बनाएर प्रधानमंत्री केपी ओलीले काटेकोमा देशलाई काटेर नेपालका पहिचान र प्रतिष्ठा निमिटयान्न गराउन तथानाम गरिदैछ ! चारवटा हेलिकप्टरमा तेह्रथुम आठराई पुगेर १५ किलोको केक काटेर जन्मदिन मनाएका थिए, जहाँ ६ हजार जनालाई भोज खुवाइएको थियो । झापादेखि क्याटरिङ आठराईमा लगेर ओलीको ‘बर्थ–डे’मा कति खर्च भयो होला ? अनुमान- डेढ करोड खर्च भयो !

प्रधानमन्त्री केपी ओलीले भ्रष्ट र आफ्रना हुनमानहरु छानी छानी मंत्री, सचिव, विभागीय प्रमुखहरुमा नियुक्त गरेका छन् ! केपी ओलीले देशलाई भ्रष्टाचारको दलदलमा फसाए ! देशभित्र खुलुम्खुल्ला डकैती,लुट चलेको छ ! नेपालमा भ्रष्ट र अपराधीहरुको राज छ ! यो भ्रष्ट राष्ट्रघाती व्यवस्था भित्रका काला कर्तुहरु कसले खोज्ने? ठेक्का–पट्टाबाट हसुर्ने,, घोटाला, भ्रटाचार र कालो धनको पहुँच अहिले देशको संस्कृति बनेको छ।कपुतहरुलाई सत्तामा रहिरहने अवस्था रह्यो भने नेपालीहरुको अवस्था कस्तो होला ?

बाह्रबर्ष राम नभएको अयोध्या जस्तो लागेको छ अहिले नेपाल ! तेह्रबर्ष पाण्डवहरु नभएको हस्तिनापुर जस्तो भएको छ नेपाल, नेपालमा कुनै डर छ भने नेपाली आमाको कोखबाट जन्मिएका सैतानहरुबाट छ ! नेपालमा धर्मनिरपेक्षता, गणतन्त्र तथा संघीयराज्य भन्नु नेपालको अस्तित्व नैं समाप्त गर्नु हो। हिजो योजनावद्ध हिसाबले नेपाललाई भौडीमा हाल्न नेपालको राजसंस्था र हिन्दुअधिराज्यलाई विस्थापित गरेर धर्मनिरपेक्ष र गणतन्त्र घोषणा गरियो! हामी नेपालीहरुले देशद्रोहीहरुको बिरुद्धमा चुइक्क नबोली बसेकाले हामीले यो आपत्ती भोग्नु परेको हो ।

नेपालमा राजसंस्था नभएमा के हुन्छ ? विश्वमा राजसंस्था नभएका मुलुकहरू पनि बाँचेकै छन् भने कैयौं राष्ट्रहरू- राजसंस्था विगटन भएपछि टुक्रिएका पनि छन् ! नेपालको सार्वभौमसत्ता, एकता र स्थायित्वको एक मात्र विकल्प राजसंस्था हो । नेपालमा राजसंस्था नभएमा के हुन्छ ? विश्वमा राजसंस्था नभएका मुलुकहरू पनि बाँचेकै छन् भने कैयौं राष्ट्रहरू- राजसंस्था विघटन भएपछि टुक्रिएका पनि छन् !

हामी नेपालीहरुले देशको सार्वभौमसत्ता बचाउन सचेत हुनु पर्दछ ! नेपालको तराई, पहाड, हिमाली क्षेत्रलाई एकतामा आवद्ध गर्न सक्ने राजसंस्था र विश्वको एक मात्र हिन्दु अधिराज्य हो ! राजसंस्था र विश्वको एक मात्र हिन्दुअधिराज्यलाई यथावत कायम गरेर सार्वभौम-नेपाल बचाऔं। –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विपी राजमार्गमा साँझ ५ बजेदखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक

काभ्रे । विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी साउन १ गतेदेखि रातिको समयमा १२ घण्टा

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटाएको छ ।

भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री नियुक्त

काठमाडौं । नेकपा एमालेकी नेतृ भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा

मैले संसद विघटन कुनै दबाबमा गरेको होइन, मन्त्रिपरिषद्को सिफारिसलाई कार्यान्वयनमात्र गरेको हुँः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो जिम्मेवारी पार्टी केन्द्रीय कमिटीले तय गर्ने बताएकी