अब ‘यति’ होइन, ‘कति’ भए पुग्ने हो भन्ने दिन आयो



नारायण गाउँले ।

यो कमिशनको अडियो आजको होइन, डेढ़ वर्षअघिको रहेछ । कहाली लाग्दो त के छ भने व्यक्ति र नियत त्यही रहेको यो डेढ़ वर्षमा अरबौंका यस्ता खरिद सम्पन्न भइसके । त्यो सत्तरी करोड़ त थोरै भएर छोड़िएको गास थियो, टेलिकममा अरबौंको खरिद सफलतापूर्वक सम्पन्न भइसक्यो । मन्त्री फेरिएपिच्छे कमिशन बुझाउन नसकेर मेलम्चीको ठेकेदार नै भाग्यो ।

ओलीजीका प्रिय पात्र मदन खरेलजी वायुसेवा निगममा हुँदा न्यारो बड़ी जहाज खरिदमा करोडौं घूस खुवाइएको समाचार फ्रान्सबाटै आयो । केपी ओलीजी प्रधानमन्त्री बन्नेबित्तिकै हुँदै नभएको पद सिर्जना गरेर तिनै मदन खरेल फेरि निगममा हाकिम बनेर आएका थिए । उद्देश्य स्पष्ट नै थियो । वाइडबड़ीका निम्ति ओली आफैले गठन गरेको उच्चस्तरीय छानबिन समितिले के प्रतिवेदन दियो भन्ने उहाँले कहिल्यै सार्वजनिक गर्नुभएन ।

गोकुलको क्षमता बुझेरै उनलाई भित्रिया बनाइएको थियो । जे आउँछ सोझै ओलीको निजी घर बालकोट पुग्ने गरीको यो सेटिंग गज्जपको थियो । अचम्म त के थियो भने, यो भिडियो ‘औपचारिक’ रूपमा हेरेपछि झन प्रशन्न भएर गोकुललाई अर्को मालदार मानिने शहरी विकास मन्त्रालयको जिम्मेबारी पनि थपिएको रहेछ । तुलोमा राख्ने कुरो पनि भिडियो हेरेपछिकै रहेछ ।

‘यति’ ग्रुपको प्रमुख संरक्षकका रूपमा ओलीजीको भूमिका त सबैलाई थाहा भइसक्यो । ट्रस्टको जग्गा यतिलाई दिएर मात्र पुगेन, ट्रष्ट सञ्चालक समितिमैं सचिबहरू हटाएर यतिलाई ल्याइयो । यतिका मान्छे नपरेपछि नियुक्ति नै रोकिएका र यतिको नाममा ठेक्का नपरेपछि योजना नै रोकिएका समाचार त सामान्य बनिसके । अब ‘यति’ होइन, ‘कति’ भए पुग्ने हो भन्ने दिन आयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले बीमा प्राधिकरणका अध्यक्ष ओझामाथि छानबिन गर्न बनायो तीन सदस्यीय समिति

काठमाडौँ । सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति गठन

मुग्लिन-पोखरा सडकको पूर्वी खण्डको काम नसकिँदै सकियो तेस्रो पटक म्याद

दमौली।  मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को तेस्रो पटक थप भएको म्याद

घुसकाण्डबारे मन्त्री अधिकारीको प्रष्टीकरणः जुन औंलामा विष लाग्छ, त्यही औंला झर्छ. त्यो कुरा यहाँहरुले बुझ्नुहुनेछ

काठमाडौं । भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री बलराम अधिकारीले आशंकाका भरमा नभई

घुस काण्डमा मुछिएका मन्त्रीलाई तत्काल बर्खास्त गरियोस्ः महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न