यिनीहरुले अधिकारमाथि भैरहेको माफियाकरणका विरुद्धमा बोलेको थाहा पाउनु भएको छ ?



भरत दाहाल ।

आज १० डिसेम्बर
मानवताका शत्रुहरूको दिवस

आज साम्राज्यवाद र त्यसले पालेका जासुसहरुको मान अधिकार दिवस रे ! यीनीहरुले दुई छाक खान नपाउने र बस्ने बास नभएकाहरुको मानव अधिकारको कुरा उठाएको सुन्नु भएको छ ? यीनीहरुले सिटामोल नपाएर मर्नेहरुको पक्षमा जुलुस गरेको देख्नु भएको छ ? यीनीहरुले दैनिकि गुजार्न नसकेर विदेश पलायन हुने नागरिकहरुको स्वदेशमैं काम गर्न पाउनु पर्ने अधिकारको पक्षमा सत्तालाई कुनै ज्ञापनपत्र दिएको पढ्नु भएको छ ? यीनीहरुले शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभूत मानव अधिकारहरुमाथि भैरहेको माफियाकरणका विरुद्धमा बोलेको थाहा पाउनु भएको छ ?

यिनीहरूकाे पहिलो काम हो- चोर, बलात्कारी, हत्यारा, काला बजारी, माफिया लुटेरा, नेपालद्रोहीहरुको मानव अधिकारको पक्षमा जुलुस गर्नु। दोश्रो काम हो- साम्राज्यवादको रणनीतिमा समुदायहरु, संस्थाहरु र नागरिकहरुका बिचमा द्वन्दको खेति गर्नु। यीनीहरुको तेश्रो काम हो- पश्चिमा साम्राज्यवादीहरुका मूल्य तथा मान्यताहरुलाई लादेर नेपाली समाजको पहिचान मेटाउनु। यीनीहरु सिके राउत, अफ्ताव आलम जस्ता तत्वहरूका लागि सिर्जना गरिएका बुख्याँचा हुन्। यीनीहरुले दीन, हीन, मलिन, असहाय मानिसहरुलाई न त चिन्छन् न तिनीहरुको कुरा गर्ने ठेक्का नै लिन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केयुको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त

काठमाडौँ । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त भएका छन् । कुलपति

दीपक थापा नेपाल प्रहरीको ३१ औं आईजीपी नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३१ औँ प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त भएका छन्

राजतन्त्र पुनःस्थापनाका लागि तेस्रो जनआन्दोलन घोषणा

काठमाडौं । राजतन्त्र पुनःस्थापनाका लागि राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीको संयोजकत्वमा तेस्रो जनआन्दोलनको

एमालेको निष्कर्षः मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन सक्दैन

काठमाडौं । नेकपा एमालेले राजतन्त्र फर्काउने प्रयास सफल नहुने निष्कर्ष निकालेको छ ।