मौन अवधिमा निर्वाचन आचारसंहिता पालना गर्न सबैलाई आयोगको आग्रह



काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न /गराउन राजनीतिक दल र आममतदातामा अपील गरेको छ । आयोगले बुधबार पत्रकार सम्मेलन गरी मंसिर १४ गते उपनिर्वाचनका लागि बुधबार मध्यरातिदेखि मौन अवधि सुरु हुने जानकारी गराउदै त्य अवधिमा आचार संहिता उल्लंघनका कुनै पनि क्रियाकलापमा संलग्न नहुन राजनीतिक दल, उम्मेदवार र आम मतदातालाई आव्हान गरेको हो ।

आचारसंहिता विपरितका कार्य गर्नेलाई निर्वाचन कसुर तथा सजाय ऐन २०७३ अनुसार कारबाही गरिने भन्दै आयोगले मौन अवधिमा सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरि मत माग्न, प्रचार प्रसार लगायतका कार्य नगर्न आग्रह गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मौन अवधिमा आचार संहिताको पूर्ण पालना गरि निर्धक्क रुपमा मतदाताले मताधिकारको प्रयोग गर्ने अवस्था निर्माण गर्न सबैसँग अपील गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मौन अवधिमा मतदातालाई आश्वासन दिने, प्रलोभनमा पार्ने, दबाब दिने , मतदाता परिचयपत्र कब्जा गर्ने जस्ता घटना भएमा तुरुन्तै जिल्ला उपनिर्वाचन आचारसंहिता अनुगमन समिति वा सम्बन्धित निकायलाई जानकारी गराई सहयोग गर्न पनि आग्रह गरेका छन् ।

आयोगले उपनिर्वाचन पर्यवेक्षणका लागि ४ वटा राष्ट्रिय पर्यवेक्षण संस्थाहरुलाई अनुमति प्रदान गरेको छ । त्यसैगरी मतदानको दिन मतदान केन्द्र भ्रमणका लागि परर्राष्टमन्त्रालय मार्फत अमेरिका, जापान र अष्टे«लिया दूतावास तथा युरोपियन युनियनलाई पनि अनुमति दिएको आयोगले जनाएको छ ।

प्रतिनिधिसभा तर्फ कास्की निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य १ , प्रदेशसभा सदस्य, स्थानिय तह तर्फ उपमहानगरपालिका, गाउपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका वडा अध्यक्ष समेत गरी ५२ रिक्त पदमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि २ सय ४७ मतदान स्थल, ५ सय ३७ मतदान केन्द्र तोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केयुको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति पदमा प्राडा अच्युतप्रसाद वाग्ले नियुक्त भएका छन् ।

दीपक थापा नेपाल प्रहरीको ३१ औं आईजीपी नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३१ औँ प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त भएका छन्

राजतन्त्र पुनःस्थापनाका लागि तेस्रो जनआन्दोलन घोषणा

काठमाडौं । राजतन्त्र पुनःस्थापनाका लागि राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीको संयोजकत्वमा तेस्रो जनआन्दोलनको

एमालेको निष्कर्षः मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन सक्दैन

काठमाडौं । नेकपा एमालेले राजतन्त्र फर्काउने प्रयास सफल नहुने निष्कर्ष निकालेको छ ।