न्यायको माग गर्दै द्वन्द्वपीडितहरुद्वारा काठमाडौंमा प्रदर्शन



काठमाडौं । द्वन्द्व पीडितहरुले सरकारसँग न्यायको माग गर्दै बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन् । वेपत्ता आफन्तको अवस्था अझै सार्वजनिक नगरिएको उल्लेख गर्दै उनीहरुले काठमाडौंको माईतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

विस्तृत शान्ति सम्झौंत पूरा भएको १३ वर्ष पुगेको अवसर पारेर प्रर्दशनमा उत्रिएका उनीहरुले वेपत्ता आफन्तको अवस्था तत्काल सार्वजनिक गर्न, पीडितलाई तत्काल परिपुरणको व्यवस्था गर्न तथा पीडिकमाथि कडा कार्वाही गर्न सरकारलाई दवाव दिए ।

द्वन्द्वपीडित साझा चौंतारीका अध्यक्ष भागिराम चौंधरीले द्वन्द्वकालका पीडितलाई न्याय दिन र दोषीमाथि कडा कार्वाही गर्न सरकारसँग माग गर्दै १३ वर्षपछि पनि विरोध प्रदर्शनमा उत्रनु परेको बताए ।

उनले विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष पुग्दा पनि पीडितलाई न्याय दिने काम नगरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे । उनीहरुले वेपत्ता आफन्तको स्थिति तत्काल सार्वजनिक गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।

अध्यक्ष चौंधरीले पीडितहरुको न्यायका लागि गठन गर्न लागिएको सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन आयोग गठन प्रक्रियामा ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केयुको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त

काठमाडौँ । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त भएका छन् । कुलपति

दीपक थापा नेपाल प्रहरीको ३१ औं आईजीपी नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३१ औँ प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त भएका छन्

राजतन्त्र पुनःस्थापनाका लागि तेस्रो जनआन्दोलन घोषणा

काठमाडौं । राजतन्त्र पुनःस्थापनाका लागि राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीको संयोजकत्वमा तेस्रो जनआन्दोलनको

एमालेको निष्कर्षः मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन सक्दैन

काठमाडौं । नेकपा एमालेले राजतन्त्र फर्काउने प्रयास सफल नहुने निष्कर्ष निकालेको छ ।