मेडिकल कलेज सञ्चालकलाई विद्यार्थीका माग सम्बोधन गर्न १५ दिनको अल्टिमेटम



काठमाडौं । नेपाल सरकारको निर्णय नमान्ने मेडिकल संचालकहरुलाई कारबाही गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि गिरिराज मणि पोखरेलले पत्रकार सम्मेलन गरी मेडिकल कलेज सञ्चालकलाई विद्यार्थीका माग सम्बोधन गर्न १५ दिनको अल्टिमेटम दिएको बताए ।

पोखरेलले आगामी १५ दिनभित्र विद्यार्थीहरुका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउने निर्णय निर्णय भएको बताए । यस बारे शिक्षा मन्त्रालयले गृहमन्त्रालयलाई आज पत्र लेखेर जानकारी गरिने पनि बताए ।

मन्त्रालयले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयका उपकुललपति, चिकित्सा शिक्षा आयोगको उपाध्यक्षसहित राखेर गरेको मन्त्रीस्तरीय बैठकले १५ दिनको अल्टिमेटम दिने निर्णय गरेको हो ।

यता निजी मेडिकल कलेज सञ्चालकहरु सरकारको निर्णय कार्यान्वयन गर्न नसकिने भन्दै सरकारलाई तालाचाबी बुझाउने भन्दै धम्कि दिदै आएका छन् ।

पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले अनसनरत डा गोबिन्द केसीलाई अनसन छोडेर कानून कार्यान्वयनमा सघाउन अनुरोध गरेका छन् । केसीका मागलाई सम्बोधन गर्दै सरकारले कार्यान्वयन गर्न सुरु गरेको मन्त्री पोखरेलले बताए ।

अहिले देश सीमा बिबादमा अल्झिएर संवेदनशील भइरहेको अवस्थामा अनसन बसेर सरकारलाई अनावश्यक दबाब नदिन डा. केसीलाई आग्रह गरे । डा. केसी विभिन्न माग राखी ८ दिन देखि डडेलधुरामा अनसन बसिरहेका छन् । डा. केसीको स्वास्थ्यमा समस्या देखिए पछि अस्पताल भर्ना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केयुको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त

काठमाडौँ । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त भएका छन् । कुलपति

एक हजार एक सय विद्यार्थीले गरे ‘एबाकस’ पद्धतिबाट हिसाब

काठमाडौं ।  बागमती प्रदेशका ७० वटा विद्यालयमा अध्ययनरत एक हजार एक सय ११

दीपक थापा नेपाल प्रहरीको ३१ औं आईजीपी नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३१ औँ प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त भएका छन्

राजतन्त्र पुनःस्थापनाका लागि तेस्रो जनआन्दोलन घोषणा

काठमाडौं । राजतन्त्र पुनःस्थापनाका लागि राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीको संयोजकत्वमा तेस्रो जनआन्दोलनको