सामाजिक सञ्जालले सभ्यताको पर्खाल भत्काएः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ज्ञान र विद्वताका लागि विश्वको अग्रणी मुलुक भएको बताएका छन् । । अन्तरहिमाली सांस्कृतिक एवं साहित्यिक सम्बन्ध प्रवद्र्धनका लागि दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

अरु देशका मानिसहरु ढुंगाको भरमा शिकार गर्दैै गर्दा नेपालमा बेदका ऋचाहरुको रचना भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

“न्यूटनले गूरुत्व आकर्षणको नियम पत्ता लगाउनु भन्दा धेरै अघि भाष्करचार्यले यो नियम पत्ता लगाएका हुन्” प्रधानमन्त्रीले भने, “उनीहरुले प्रचार प्रसार गरेर हाम्रा पुर्खाको पत्ता लगाएको कुरालाई ओझेल पारे ।” पुर्खाहरुले आफ्नो अनुभुतीलाई ज्ञानको रुपमा विकास गर्न हजारौं बर्ष अघि योगदान गरेको प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले नेपालमा अहिले व्यवस्था परिवर्तन भएर थिती बिधी बसेको बताए । कतिपयलाई थिती र बिधिको शासन मन नपरेर पुरानै धङधङी पालेर बसेको प्रधानमन्त्रीको भनाइ छ ।

कुनैबेला पुर्खाहरुले भन्ने गरेको ‘सर्वे भवन्तु सुखिन’लाई वर्तमान सरकारले राष्ट्रिय आकांक्षाको रुपमा सुखी नेपाली समृद्ध नेपालको रुपमा अघि सारेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

नेपाली संस्कृति सभ्यताको परिचायक भएको बताउंदै प्रधानमन्त्री ओलीले नेपालीहरुलाई साँस्कृतिक रुपमा पनि पूर्वजहरुले बाटो देखाइदिएको उल्लेख गरे ।

पछिल्लो समय नेपालको सभ्यता क्षय हुँदै गएकोमा प्रधानमन्त्रीले बताए । “सामाजिक सञ्जालले सभ्यताको पर्खाल भत्काएका छन् ” प्रधानमन्त्रीले भने “सञ्चार माध्यमले अरुको नक्कल गर्ने भएर आदरार्थी शब्द पनि बिर्सिएका छन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक महिनामा अपराधका चार हजार मुद्दा दर्ता

काठमाडौं ।  फागुनमा देशभर चार हजार चार सय ६८ आपराधिक घटनाका मुद्दा दर्ता

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणले थाल्यो पहल

काठमाडौं।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल थालिएको छ । उक्त विमानस्थललाई सञ्चालनार्थ

चन्द्रवीरले खनेको त्यो बाटो…

तुलसीपुर (दाङ) । श्रीमतीसँगै छोराहरु पनि दृष्टिविहीन भएपछि आवतजावत गर्नै कठिन भयो ।

नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना

काठमाडौँ । अभिनेत्री मनिषा कोइरालाले नेपाली चलचित्रमा काम गर्ने चाहना रहेको बताएकी छन्