संसद सचिवालयले भन्यो–सभामुख पद खाली भइसक्यो



काठमाडौं । संसद सचिवालयले प्रतिनिधि सभाका सभामुख पद खाली भएको सूचना टाँसेको छ । उपसभामुख शिवमाया तुम्बाहाम्फेको निर्देशनमा संसद सचिवालयले मंगलबारदेखि नै सभामुख पद खाली भएको जानकारी गराएको हो ।

‘सम्माननीय सभामुख कृष्णबहादुर महराले यही असोज १४ गते ‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि राजीनामा दिएको छु’ भनी प्रतिनिधि सभाको सभामुख पदबाट राजीनामा दिनुभएकोले माननीय उपसमाभुखज्युको आदेश अनुसार प्रतिनिधिसभा नियमावली २०७५ को नियम २११ को उपनियम (२) बमोजिम यो सूचना प्रकाशन गरिएको छ’, संसद सचिवालयले बुधबार निकालेको सूचनामा भनिएको छ।

सभामुख कृष्णबहादुर महरामाथि आइतवार राति संसद सचिवालयकै महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेपछि उनले मंगलबार पदबाट राजीनामा दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक महिनामा अपराधका चार हजार मुद्दा दर्ता

काठमाडौं ।  फागुनमा देशभर चार हजार चार सय ६८ आपराधिक घटनाका मुद्दा दर्ता

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणले थाल्यो पहल

काठमाडौं।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल थालिएको छ । उक्त विमानस्थललाई सञ्चालनार्थ

चन्द्रवीरले खनेको त्यो बाटो…

तुलसीपुर (दाङ) । श्रीमतीसँगै छोराहरु पनि दृष्टिविहीन भएपछि आवतजावत गर्नै कठिन भयो ।

नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना

काठमाडौँ । अभिनेत्री मनिषा कोइरालाले नेपाली चलचित्रमा काम गर्ने चाहना रहेको बताएकी छन्