रामचन्द्र पौडेलले भने–लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन



भक्तपुर । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् ।

नेपाली काङ्ग्रेस भक्तपुर क्षेत्र नं १ ले आइतबार दुवाकोटमा आयोजना गरेको प्रजातन्त्र सेनानी स्व जानकीप्रसाद कुइँकेलको स्मृति दिवस एवं चियापान कार्यक्रममा पौडेले सो कुरा बताएका हुन् ।

सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाउँदै नेता पौडेलले दुई तिहाइको आडमा सरकार निरङ्कुश बन्दै जान लागेको बताए ।

काङ्ग्रेस पार्टीलाई व्यक्तिवादी, चाटुकारी र भक्तिवादी प्रवृत्तिबाट माथि उठाएर एक ढिक्का बनाई जनताको आकर्षणको केन्द्र बनाउनुपर्नेमा जोड दिँदै उनले भक्तपुरलगायत देशका विभिन्न भागमा हुने आगामी उपनिर्वाचनमा नेपाली काङ्ग्रेसलाई विजयी बनाउन पार्टीका कार्यकर्ता एक ढिक्का भएर लाग्न सुझाव दिए ।

वर्तमान सरकारका गलत कामको विरोध गर्नुपर्ने बेलामा काङ्ग्रेस आन्तरिक कलहबाट बाहिर निस्कन नसकेको उनको गुनासो थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चन्द्रवीरले खनेको त्यो बाटो…

तुलसीपुर (दाङ) । श्रीमतीसँगै छोराहरु पनि दृष्टिविहीन भएपछि आवतजावत गर्नै कठिन भयो ।

नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना

काठमाडौँ । अभिनेत्री मनिषा कोइरालाले नेपाली चलचित्रमा काम गर्ने चाहना रहेको बताएकी छन्

दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रणबाहिर

घोराही । दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा आगलागी भएको छ ।

मुलुकलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउन अग्रसरता लिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले आफूहरु संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहेको बताएको छ ।