नारायणकाजीले भने–सि विचारधाराबाट सिकौं तर नक्कल नगरौं



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले चिनियाँ राष्ट्रपति सि जिनफिङको विचारधाराको नक्कल गर्न नहुने बताएका छन् ।

ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले सिद्धान्त पढ्नु र बुझ्नु राम्रो कुरा भएको पनि नक्कल गर्नु गलत हुने उल्लेख गरेका हुन् । उनले भनेका छन्, ‘हामी कुनै पनि लोकतान्त्रिक, प्रगतिशील, क्रान्तिकारी, समाजवादी र कम्युनिस्ट आन्दोलन र समाजको अनुभवबाट सिक्न तयार छौँ। तर हामी नक्कल गर्दैनौँ। यसमा कुनै पनि अलमलमा पर्नु जरुरी छैन।’

नेकपाको विदेश विभागले चिनियाँ कम्युनिष्ट पार्टीका प्रमुखलाई बोलाएर काठमाडौंमा दुई दिन सी जिनपिङ विचारधाराबारेमा छलफल चलाएको थियो । त्यसक्रममा दुई पार्टीबीच सहकार्यसम्बन्धी समझदारीपत्रमासमेत हस्ताक्षर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणले थाल्यो पहल

काठमाडौं।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल थालिएको छ । उक्त विमानस्थललाई सञ्चालनार्थ

चन्द्रवीरले खनेको त्यो बाटो…

तुलसीपुर (दाङ) । श्रीमतीसँगै छोराहरु पनि दृष्टिविहीन भएपछि आवतजावत गर्नै कठिन भयो ।

नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना

काठमाडौँ । अभिनेत्री मनिषा कोइरालाले नेपाली चलचित्रमा काम गर्ने चाहना रहेको बताएकी छन्

दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रणबाहिर

घोराही । दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा आगलागी भएको छ ।